सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते

758
Sana Kishan

बैतडी –बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं २ को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ बर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ बर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ बर्षीय रामसिंह साउँद, मेलौली २ का २१ बर्षीय मनिष चन्द रहेका छन् ।

Arus
Karnali Traders

यस्तै शिवनाथ गाउँपालिका १ का २१ बर्षीय सुशिला चन्द, शिवनाथ ६ का २९ बर्षीय जनक आउजी, कञ्चनपुरको दैजीका २१ बर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

Nepali Khaja

बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बस सडकबाट ५ मिटर तल खसेको जनाइएको छ । चालक विरेन्द्र लुहार प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनको कारण भने खुल्न सकेको छैन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  56  =  58