सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१ सय अङ्कले घटेको शेयर बजार राताम्मे

शेयर बजार परिसूचक नेप्से आज सोमवार झन्डै एक सय अङ्कले घटेको छ । हिजो आइतवार १८ अङ्कले घटेको नेप्से आज ९९ दशमलव ८६ अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । जीवन बीमाको शेयर पाँच सय ६९, निर्जीवन बीमाको पाँच सय ६ र विकास बैंक समूहको शेयर दुई सय ३४ अङ्कले घटेको छ । यस्तै माइक्रोफाइनान्सको एक सय ८३, व्यापारको एक सय १३, फाइनान्सको एक सय १०, र होटलको एक सय सात अङ्कले घटेको छ ।

Sana Kishan

आज दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज कर्णाली विकास बैंक र माउन्टेन हाइड्रोको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ ।  उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.