सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्रकसँग हायस ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते

धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रकसँग हायस ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा हायस चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणी जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका छन् ।

Sana Kishan

यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रुपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

अत्तरियाबाट धनगढीतर्फ गईरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा पाठक पेट्रोल पम्प नजिक दुर्घटना भएको हो । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.