साताको दोस्रो दिन अर्थात आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ आज सोमबार भने स्थिर रहेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार पनि सोही मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउसँगै आज चाँदीको भाउ स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post