नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो।
राष्ट्र बैंकले विज्ञप्तिमा भनेको छ, ‘हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा प्रयोग गर्न तथा त्यस्ता करेन्सीहरुसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र ज्वइकल, क्राउड, सोमेक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त भएको छ। सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।’
नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपयुक्त बमोजिम गैरकानुनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले पैसा बाहिरी स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ। थाहा खबर बाट सभार
यस्ता कारोबारबाट अर्बौ रुपैयाँ बिदेशीएको अनुमान सरकारी निकायको छ।










Discussion about this post