साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । शुक्रबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज आइतबार भने प्रतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार प्रतितोला रु ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post