Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बालबालिका किन रिसाहा र धेरै चकचके बन्दैछन् ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ७, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसको तेस्रो लहरका कारण अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको छ । शुरुमा माघ १५ गतेसम्मका लागि बन्द गरिएको विद्यालय कहिले खुल्ने हो यकिन छैन । विद्यालय बन्द र सधैंभरि कोरोनाको त्रासका कारण मानिसमा अनेकखाले मानसिक समस्या बढ्दै गएका छन् ।

वयष्क व्यक्तिमा जस्तै कोरोना महामारीका कारण बालबालिकामा पनि विभिन्न मानसिक समस्या देखिएका छन् । जुन अहिलेसम्म सामान्य अवस्थामा भएपनि यसले निकट भविष्यमा गम्भीर समस्या निम्त्याउने जोखिम देखिन्छ ।

अहिले कोभिडले समस्यामा पारेका बच्चाहरुको मानसिक समस्याभन्दा पनि धेरैजसो अभिभावकले उनीहरुको आचरणमा देखिएको समस्या बोकेर आउने गरेका छन् । यसरी उपचारको लागि आउने अभिभावकहरुमध्ये धेरैले मोबाइल वा स्क्रिनको लत बढ्यो भन्ने समस्या लिएर आउने गरेका छन् ।

यसरी हाम्रोमा आउने बच्चाहरुको अवस्थालाई विश्लेषण गर्ने हो भने पछिल्लो समयका बालबालिकामा बढी रिसाउने, धेरै एग्रेसिभ हुने र बढी चकचके हुने समस्या देखिएको छ । यो अहिले हेर्दा सामान्य देखिन्छ, तर विपद्को बेलामा डिप्रेसन भएको तत्कालै थाहा नहुन सक्छ । ती समस्याको प्रारम्भिक संकेत यस्तै रिसाउने र एग्रेसिभ हुने देखिएकाले बच्चामा मानसिक समस्या देखिनुपूर्व नै उनीहरुलाई मनोसामाजिक उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

मनोविज्ञानको भाषामा एउटा अवधारणा छ, इन्स्ट्यान्ट ग्र्याटिफिकेसन अर्थात् क्षणिक रुपमा तृप्त हुने समस्या । यसको अर्थ भनेको कुनैपनि चिज बच्चालाई चाहियो भनेपछि जसरी पनि त्यो चाहियो भन्ने प्रवृत्ति हो । आफूले भनेको कुरा पूरा भएन भने रोएर, रिसाएर होस् वा जस्तोसुकै हतकण्डा अपनाएर भएपनि पाउन चाहन्छन् । जुन डिप्रेसनको प्रारम्भिक समस्याको संकेत हो ।

क्षणिक रुपमा तृप्त हुने समस्याले केटाकेटीमा छुट्टै किसिमको छटपटाहट हुने गर्छ । धेरै चकचके हुने र भनेको भएन भने तुरुन्तै प्रतिक्रिया देखाउने खालको स्वभाव उनीहरुमा हुने गर्छ ।

नेपाल प्रहरीको तथ्यांकले पछिल्लो समय कोरोनाको दुईवटा लहरपछि बच्चाहरुमा आत्महत्याको दर बढेको देखाएको छ । त्यो पनि यही क्षणिक तृप्तिको कारण हुन सक्छ । क्षणिक तृप्तिमा पनि भिन्न चरण हुन्छन् । जस्तो, छिटो रिसाउने बच्चा कोही घर छाडेर जाने, कोही नयाँ एडिक्सनमा लाग्ने र कतिपय त एकैपटक मृत्युको प्रयाससम्म गर्ने गर्छन् । त्यसैले समयमा नै यसको उपचार गर्नु उचित हुन्छ ।

औषधि–उपचार कसरी गर्ने ?

यस्ता समस्याको समाधान औषधिबाट हुँदैन । पहिलो चरणमा यस्तो समस्या भोगिरहेका बालबालिकालाई औषधिकै आवश्यकता त पर्दैन, तर अभिभावकहरुले गर्ने व्यवहारमा भने परिवर्तन गर्नुपर्ने हुन्छ । जस्तो, अहिलेको व्यस्त समयमा अभिभावकले बच्चालाई धेरै समय दिन त गाह्रो छ । तर समय दिँदा चाहिं बच्चाको लागि प्रभावकारी हुने समय दिनु जरुरी छ । दिनभरि बच्चासँग बसेको बेलामा उनीहरुसँग धेरै कुराकानी नगर्ने हो भने यसले बच्चामा जति समय दिएपनि समस्या निम्त्याउन सक्छ । हामीले जुन समय दिइरहेका छौं । गुणस्तर कसरी बढाउने भन्ने तिर ध्यान दिनुपर्छ । उनीहरु टिभी हेरिरहेका छन् भने त्यही अनुसार आफू पनि खेलिदिने, उनीहरुले कुनै गेम खेलिरहेका छन् भने उनीहरुसँगै गएर खेलिदिन सकिन्छ ।

केटाकेटीलाई कुनै कुरामा जानकारी नहुँदा र उनीहरुले गरेको कुरामा प्रशंसा नहुँदा पनि उनीहरुमा मानसिक समस्या देखिन सक्छन् । त्यसैले सामान्य अवस्थामा घरमा अभिभावकहरुले गुणस्तरीय समय दिएर उपचार खोज्न सकिन्छ । त्यसपछिको अवस्थामा चाहिं परामर्श आवश्यक पर्नसक्छ ।

मानसिक समस्या सिर्जना हुनुका कारण

सामान्यतया मनोसामाजिक सन्तुलन नमिल्दा यस्ता समस्याहरु देखिने गर्छन् । स्कुल, अभिभावक र केटाकेटीको बीचमा हुने सोचाइमै फरकपन छ । जस्तो, समाजले प्रतिस्पर्धा खोज्छ, तर बच्चाको मनले खुशी खोज्छ । विद्यार्थीलाई विद्यालय पठाइन्छ, त्यहाँ उसलाई पढ्ने मात्रै होइन, अर्काेलाई जित्नुपर्छ भन्ने दबाब दिइन्छ । जित्नेहरुको फोटो होर्डिङ बोर्डमा राखेर स्कुलले पनि उनीहरुलाई नै दबाब दिन्छ । समाजले पनि त्यस्तै गर्छ ।

विद्यार्थी एउटा खेलाडी बन्न खोज्छ, तर समाजले प्रतिस्पर्धी बनाउन खोज्छ । त्यसैले यो समाज र बच्चाको बीचको बेमेलका कारण नै अहिलेको समस्या निम्तिएको हो । यो बेमेल अन्त्य गर्नु नै अहिलेको मानसिक समस्याको कारण हो ।  डा. विजय ज्ञवालीले अनलाइनखबरमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३
स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल
स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

साउन १४, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म

साउन २२, २०८३
सामाजिक सुरक्षा भत्ता दशैँअघि नै

यातायात व्यवस्था कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

साउन २२, २०८३
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष भट्ट

साउन २२, २०८३
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन २२, २०८३
नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगर प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व