सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा तपाँईको मास्क खोई ? अभियान सञ्चालन

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि बैतडीमा प्रहरीले तपाँईको मास्क खोई ?अभियान सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र र मातहतका युनिटबाट तपाँईको मास्क खोई ? अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

शुक्रबार सदरमुकामस्थित गोठलापानीमा सो अभियान अन्तर्गत नागरिकलाई मास्क वितरण गरिएको उनले बताए । मास्क नलगाएका नागरिकलाई मास्क वितरण गर्दै कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी दिने गरिएको प्रवक्ता खड्काले बताए ।

Sana Kishan

कोरोना संक्रमण फैलिन नदिन जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गर्ने गरिएको प्रवक्ता खड्काले बताए । यो अभियान जिल्लाभरी सञ्चालन हुने बताइएको छ ।

World Link Ads
Mahakali Polytechnic

सामुदायिक प्रहरी सेवा केन्द्रले कोरोनाको दोश्रो लहरमा पनि कोरोना नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.