साताको चौँथो दिन अर्थात आज बुधबार नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ। मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज बुधबार पनि प्रतितोला १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले नयाँ पुस्तालाई जनाए अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला रु ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेसँगै आज चाँदीको भाउ भने बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । नयाँ पुस्ता बाट सभार









Discussion about this post