सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयरबजारको उकालो यात्रा रोकियो : बजार झण्डै ११ अंकले घट्यो

पछिल्लो समय लगातार बढिरहेको शेयरबजार आज भने घटेको छ । पुस १६ गतेदेखि बढ्न थालेको बजार झण्डै तीन सय अंक उकालो लागेपछि आज सामान्य घटेको हो ।

पुस १६ गतेयता बजार जम्मा दुई दिन मात्रै घटेको थियो । नेप्से आज १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह एक सय ९८ र निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अंकले घटेको छ । आज बैंकिङ समूहको शेयर भने २२ अंकले बढेको छ ।

Sana Kishan

आज एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ । उज्यालो  अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.