साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ।
सोमबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज मंगलबार पनि प्रतितोला १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले नयाँ पुस्तालाई जनाए अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post