सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२० अंकले बढ्यो नेप्से

सेयर कारोबार हुने साताको दोस्रो दिन नेप्से परिसूचक २०.६४ अंकले वृद्धि भएर २९ सय ४७.४३ विन्दुमा बन्द भएको छ। नेप्से बढेसँगै करिब ८ अर्बको सेयर कारोबार भएको छ। यसदिन २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरमा खरिदबिक्री भयो।

यस्तै, यसदिन सेन्सेटिभ इण्डेक्स ३.७० अंकले बढेको छ। सोमबार मध्य भोटेकोशीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । त्यसैगरी, सनराइज ब्लुचीप फण्ड, सिंगटी हाइड्रोपावर र सीइडीबी हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यसदिन सो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । त्यसैगरी, अपि पावरको ४१ करोडको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स, नेपाल टेलिकम र अपर तामाकोशीको २१ करोडभन्दा बढीको सेयर कारोबार भयो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसदिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ। बाँक ५ उपसमूहको परिसूचक भने ओरालो लाग्यो। बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

त्यसैगरी, यसदिन व्यापार, विकास बैंक, वित्त, लगानी र लघुवित्त समूहको परिसूचक ओरालो लाग्यो। अन्नपूर्ण पोस्ट बाट सभार’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.