Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम प्रदेशमा माघे संक्रान्ति तथा नरहरि पर्वको रौनक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा माघे संक्रान्ति तथा नरहरि पर्वको रौनक छाएको छ। काग तिहार समेत भन्ने गरिएको यो पर्वलाई स्थानीय भाषामा ‘नरहरि’ भनिन्छ।

नर भनेको मानिस हरि भगवानमा लीन हुनु अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरि भनिएको बताइएको छ। पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ।

कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने अलि फरक ढंगले काग तिहार मनाइन्छ। सुदूरपश्चिममा पुसे तिहार अर्थात् माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठा परिकार खुवाउने चलन छ।

हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिइन्छ। उक्त खानेकुरा माघे संक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ।

कागले पुस १५ गते तीर्थमा गई स्नान गरी संक्रान्तिका दिन फर्केर रोटी खाने गरेको विश्वास छ। नरहरिका दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। कागले लगेर लुकाएको रोटीलाई मानिसले भट्टाएर ब्याउने गाईलाई खुकाए बाच्छी सप्रिने समेत विश्वास गरिन्छ।

माघे संक्रान्तिमा कागलाई मिठा खाने कुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रहेको र पार्वतीले शिवलाई पति पाऊँ भनेर माघ महिनामा व्रत बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने प्रचलन रहेको पण्डित जयानन्द भट्ट बताउँछन्। माघ महिना धार्मिक महिना भएकाले माछामासु पनि खानु हुँदैन भन्ने पुस्तौँदेखि चलिआएको प्रचलन रहेको पण्डित भट्टको भनाइ छ।

सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाडपर्वमध्येको माघे संक्रान्तिका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिस घर फर्किने गर्दछन् भने विवाहित महिला माइती जाने गर्दछन्। माघे संक्रान्तिलाई आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने पर्वको रूपमा लिइन्छ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित दयाकृष्ण पन्तले बताए।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास रहेको छ। कागलाई यमराजको सन्देश वाहकका रूपमा पनि पूजा गरिन्छ। त्यही भएर यो चरालाई कागतिहार बाहेक अरू बेला भने अशुभ र अशुद्ध पन्छीका रूपमा लिइन्छ। कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ। कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता रहेको छ। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै
देश/राष्ट्रिय

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

बैशाख १८, २०८३
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
देश/राष्ट्रिय

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

बैशाख १८, २०८३
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै
देश/राष्ट्रिय

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

बैशाख १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व