सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

केही प्रदेशमा मौसम बदली

113
Sana Kishan

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मौसम बदली हुनेछ। प्रदेश १ का पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार बिहान प्रदेश २ र बाँकी प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।

Arus
Karnali Traders

दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ अन्य भू–भागमा भने मौसम सामान्यतः सफा रहने छ। मौसमविद् प्रधानाङ्गका अनुसार प्रदेश १ को पहाडी भू–भागका एक÷दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। राति देशभरको मौसम आंशिक बदली रहनेछ।

Nepali Khaja

यसैबीच आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.