सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आजदेखि मौसम बिस्तारै सफा हुँदै जाने

134
Sana Kishan

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ ।

वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो ।

Arus

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Nepali Khaja
Karnali Traders

केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् । प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तत्कालै कुनै पनि मौसमी प्रणाली भित्रने देखिएको छैन ।

भोलि भने मौसम सामान्य बद्ली भएर केही ठाउँमा बादल लाग्ने मौसमविद्को अनुमान छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.