सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने

272
Sana Kishan

मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

अझै तीन÷चार दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

Arus

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ । बाँकी प्रदेश–१, २ र वाग्मती प्रदेशमा भने सामान्यदेखि आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Nepali Khaja

आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसमविद् नगरकोटीका अनुसार बिहान र बेलुका हुस्सु र कुहिरो लागेर मौसम धुम्म देखिने गरेको छ । हुस्सुले हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएको छ । नेपालगञ्जमा बाक्लो हुस्सु लाग्ने गरेका कारण कर्णालीका हिमाली जिल्लामा केही दिनदेखि उडान प्रभावित भएको हो ।

Karnali Traders

नेपालगञ्ज विमानस्थलबाट मुगु र हुम्लासहित जुम्ला, डोल्पा र बाजुरामा उडान हुन सकेको छैन । एक हप्तादेखि उडान प्रभावित भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । उडान नहुँदा यात्रु तथा बिरामी मर्कामा परेका छन्।

हिमपात हुँदा हुम्ला सदरमुकाम सिमकोटमा एक फिट जमेको छ । स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो । अत्याधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान छ ।

अत्याधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.