सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज चार वटा प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना

654
Sana Kishan

आज चार वटा प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन÷चटयाङ्गसहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने नपर्ने मौसमविद्को भनाइ छ ।

Arus
Karnali Traders

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अरु बाँकी प्रदेश–१, दुई र वाग्मती प्रदेशमा भने मौसम बद्ली रहने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । यी तीन वटा प्रदेशको हिमाली र उच्च पहाडी क्षेत्रमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

पर्सिदेखि भने मौसम सुधार हुने र घाम लाग्ने मौसमविद् सापकोटाले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.