
आज तराईका धेरैजसो भूभागहरूमा बिहानवाट हुस्सु कुहिरोले ढाकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
महाशाखाका अनुसार राति सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।


भोलि बुधबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । गोदावरी न्युज बाट सभार
