
किड्नी शरीरको सबैभन्दा खास अंग हो । किड्नीको मदतले नै हाम्रो शरीरमा भएका सबै खराब चिजहरु शरीरबाट बाहिर जाने गर्दछन् जसले गर्दा हाम्रो शरीर फिट रहने गर्दछ । शरीरमा किड्नी एक यस्तो अंग हो जसले हाम्रो शररिलाई ब्यालेन्समा राख्ने काम गर्दछ ।
हानिकारक एसिड या अन्य तत्वलाई किड्निीको मदतबाट युरियाको मार्फत शरीरबाट बाहिर निकाल्ने गरीन्छ । यही कारण हो की शरीरलाई स्वस्थ राख्नका लागी हामीले हाम्रो किड्नीको ध्यान राख्नुपर्दछ । यदि तपाई आफ्नो किड्नी स्वस्थ रहोस् भन्ने चाहानुहुन्छ भने तपाईले आफ्ना केही बानीलाई आजैबाट त्याग्नुपर्दछ । आउनुहोस् जानौँ ती कुन कुन चिज हुन् जसबाट हामी टाढा रहनु राम्रो हुन्छ ।

किड्नीबाट बच्नका लागी धेरै नुन चर्को नखाने गर्नुस्
नुनको ज्यादा प्रयोग गर्नु किड्नीको लागी खतरनाक साबित हुन सक्दछ । रिसर्चरहरु भन्ने गर्दछन् कि यदि तपाई आफ्नो शरीरलाई फिट राख्न चाहानुहुन्छ भने नुनको कम मात्रामा प्रयोग गर्ने गर्नुहोस् । यसको सिमित मात्रामा प्रयोग गर्नाले तपाई आफ्नो किड्निलाई स्वस्थ राख्न सक्नुहुन्छ ।
रातो मासुबाट टाढा रहनुहोस्
रातो मासुको प्रयोगमा डाक्टरहरु भन्ने गर्दछन् कि यसको प्रयोग गर्नबाट हामी बच्नुपर्दछ । मानिन्छ कि यो ज्यादा खानाले मेटाबेल्जियमलाई असर पुग्दछ । जसले गर्दा तपाईको किड्नी खराब हुने सम्भावना बढ्दछ । डाक्टरले यसको सेवनले स्टोनको खतरा बढ्ने समस्या पनि बताएका छन् । त्यसैले यसको सेवन कम मात्रामा गर्ने गर्नुहोस् ।

किड्नीको सबैभन्दा ठुलो दुश्मन आर्टिफिशियल स्वीटनर
एक्सपर्टले भन्ने गर्दछन् कि आर्टिफिशियल स्वीटनर शरीरको लागी बहुतै खतरनाक मानिन्छ । यस्तो अवस्थामा यो बाट टाढा नै रहनु उचित हुन्छ । जो व्यक्तिले धेरै मिठाई, कुकीज, कोल्ड ड्रिक पिउने गर्दछन् त्यस्ता मानिसले त्यस्ता चिजको प्रयोग कम गर्नुपर्दछ । किनकी आर्टिफिशियल स्वीटनरमा धेरै भन्दा धेरै गुलियोको मात्रा हुने गर्दछ । जो शरीरको लागी खतरा बन्न पुग्दछ।
अल्कोहलको मात्रा कम गर्नुहोस्
जानकारहरु भन्ने गर्दछन् कि अल्कोहलले लिभरको साथसाथै किड्निलाई पनि असर गर्दछ । जसले गर्दा तपाईको शरीर स्वस्थ रहँदैन । यदि तपाई अल्कोहलको प्रयोग ज्यादा मात्रामा गर्नुभएको छ भने यसको बानी छिटो भन्दा छिटो छोड्ने गर्नुहोस् र यदि तपाई यसको सेवन गर्नुहुन्न भने यो तपाईको लागी धेरै राम्रो हो ।
कफीको कम मात्रामा प्रयोग गर्नुहोस्
सामान्य रुपमा हेर्ने हो भने कफी धेरै मानिसहरुलाई मनपर्ने गर्दछ । यस्तो अवस्थामा यसको सेवन मानिसले धेरै मात्रामा गर्ने गर्दछन् । तर डाक्टरले यसको सेवनलाई राम्रो भने मानेका छैनन् । उनको भनाइअनुसार यसमा पाइने कैफीन तपाईको किड्निीको लागी खतरनाक साबित हुनेछ । त्उसैले डाक्टरले यसको सेवनबाट टाढा रहन सल्लाह दिने गरेको पाइएको छ । नयाँ पुस्ता बाट सभार
