
कैलालीको गोदावरी नगरपालिका वडा नं ३ चौकिडाँडाँमा स्कारपियो दुर्घटनामा भएको छ । चौकिडाँडाँ मालिकाटोल नजिकै भारतिय नम्बर प्लेटको स्कारपियो दुर्घटनामा भएको हो । दुर्घटनामा परी ६ जना घाईते भएको छन् ।
स्कारपियोले अटोरिक्सालाई ठक्कर दिदा अटोमा सवार ३ जना र स्कारपियोमा सवार ३ जना गरी ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।


घाईते हुनेहरुमा स्कारपियोमा सवार १२ बर्षिय बिष्णुमणी जोशी, ९ बर्षिय सिद्धी जोशी र ४२ बर्षिय मनोज पन्त रहेका छन् भने अटो चालक ३३ बर्षिय भवानी महरा, अटोमा सवार २९ बर्षिय निर्मला सिंह र ४८ बर्षिय दुर्गा नाथ रहेका छन् ।
तिब्र गतिमा रहेको स्कारपियोले अटोलाई ठक्कर दिएको थियो । घाईतेहरुको अबस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । गोदावरी न्युज बाट सभार
