सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दोगडाकेदार गाउँपालिकाका एकै पटक ११ जना कर्मचारीको सरुवा !!

242
Sana Kishan

बैतडी –  जिल्लाको  दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीहरुको एकै पटक सरुवा हुदाँ पालिकालाई काम चलाउनै मुस्किल भएको छ । संघीय सरकारले भरखरै ल्याएको नयाँ नितिमा स्थानियहका कर्मचारी सरुवा खुल्ला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको एकैपटक सरुवा भएको हो ।

गाउँपालिकामा कार्यरत १ जना इन्जीनियर, २ जना ओभरसियर तथा १ जना सव ओभरसियर, ५ जना वडा सचिवहरु, १ जना कम्युटर अपरेटर र १ जना आन्तरीक लेखा परिक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ ।

Arus
Karnali Traders

कर्मचारीहरुको अन्यत्रै सरुवा भएपछि सेवा प्रवाह गर्न मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैतडी जिल्लाका पालिकाहरु मध्ये पहिलो पटक लोकसेवाबाट कर्मचारी माग गर्ने हाम्रो पालिका हो । हालसम्म सरुवा रोकेको हुदाँ हामीसंग कर्मचारीको अभाव थिएन् । तर अहिले संघीय सरकारले कल्पनानै नगरेको निति ल्याउदाँ कर्मचारीहरुको सरुवा भयो । अहिले हामीलाई सेवा प्रवाह गर्न निकै असहज भएको छ ।’ केहि पदहरुमा करारका कर्मचारी भर्ना गर्न सकिने भएपनि इन्जीनियर र वडा सचिवहरुको पदपुर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताउनुभयो । लोकसेवाबाट आएका नयाँ कर्मचारी मध्ये ३जना बाहेक सबै कर्मचारी सरुवा भइसकेको उहाँले बताउनुभयो । केहि प्राविधिक कर्मचारी करारमा भर्ना गर्न मिल्ने भएपनि प्रशासनिक कर्मचारीहरुको अभाव हुने अध्यक्ष कार्कीले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिकाका ८ वडाहरु मध्ये वडा न. १ बाहेकका सबै वडाहरु सचिव विहिन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बहादुर धामीले बताउनुभयो । कामको चाप बढेका बेला कर्मचारीहरु सरुवा हुदाँ सेवा प्रवाहमा समस्या भएको उँहाले बताउनुभयो ।

 

 

 

(रेडियो सेभेन स्टार बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.