सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खानपानमा ध्यान दिए जाडो याममा हुने विभिन्न सङ्क्रमणबाट बच्न सकिन्छ – डाक्टर

जाडो याम सुरु भएसँगै मौसममा आउने परिवर्तनका कारण स्वास्थ्य समस्या देखिने भन्दै खानपानमा ध्यान दिन डाक्टरले ‍सुझाव दिएका छन् ।

अहिले ज्वरो र रुघाखोकीको समस्या बढ्दै गएको छ । राइनो भाइरस कुनै सङ्क्रमित व्यक्तिले खोक्दा ,बोल्दा, हाछ्यु गर्दा हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

जाडोमा यी भाइरस बढी सक्रिय रहने जनरल फिजिसियन डा. लोचन कार्कीले बताउनुभयो । यो भाइरसले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ । रुघाखोकीलाई सामान्य रूपमा सोचेर बेवास्ता गरे निमोनिया पनि हुन सक्ने डाक्टर कार्कीले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

डाक्टरका अनुसार जाडो याममा बालबालिका र ज्येष्ठ नागरिक निमोनियाको उच्च जोखिममा हुन्छन् । यो बेला पिनासका बिरामी पनि बढी भेटिन्छन् । नाकको छेउमा हावाले भरिएको ठाउँ हुन्छ । चिसोका कारण नाकभित्रको पानी बाहिर निस्कन नसकी त्यहीँ ठाउँमा बस्छ । यसरी पानी भरिएपछि नै पिनास हुने डा.कार्की बताउनुहुन्छ ।

Dirghayu Ads
Sana Kishan

यस्तै, छालाको एलर्जीले पनि जाडो याममा धेरैलाई दुःख दिने गर्दछ । जाडो याममा पानीको मात्रा कमी भएका कारण छाला सुख्खा हुने गर्दछ । जसका कारण छाला चिलाउने, ओठ फुट्ने, कुर्कुच्चा फुट्ने, जस्ता छालामा समस्या आउने डा. कार्की बताउनुहुन्छ ।

दम, मुटु रोगका बिरामीलाई पनि जाडो याममा थप समस्या बढ्ने उहाँले बताउनुभयो । जाडो याममा श्वास नलीहरू खुम्चने भएका कारण श्वास फेर्न समस्या हुने डा. कार्की बताउनुहुन्छ ।

यस्तै, जाडो याम सुरु भएसँगै बाथ र जोर्नीको दुखाई पनि धेरैलाई हुन्छ । टन्सिल पनि चिसो याममा धेरै निम्तिने समस्या हो । चिसोका कारण हुने टन्सिलबाट बच्न तातो पानी, झोलिलो पदार्थको नियमित खानु पर्ने डाक्टरको भनाई छ ।

जर्नल फिजिसियन डाक्टर लोचन कार्कीका अनुसार जाडो याममा देखिने धेरै रोगका समाधानको उपाय भनेको नै खानपानमा ख्याल गर्नु हो । जाडो याममा तातो कुरा धेरै खानु पर्ने र शरीर छोपिने बाक्ला लुगा लगाउनाले नै यी समस्याहरू हट्न हुन सक्ने उहाँले बताउनुभयो ।

जाडो याममा पानी कम पिउँदा यस्ता समस्या आउन सक्ने भएकाले तातो पानी प्रशस्त पिउन उहाँको सुझाव छ । यस्तै, तातो झोलिलो पदार्थ र गेडागुडी पनि खान डाक्टरको सुझाव छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.