सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संस्थापन–एनपी साउद समुहद्वारा काँग्रेस भीमदत्त नगरको उम्मेदवार घोषणा, गुट रहित काँग्रेसलाई एक ढिक्का बनाउँछु : नगर सभापतिका उम्मेदवार खत्री

नेपाली काँग्रेस संस्थापन (कोईराला) र देउवा पक्षीय एनपी साउद पक्षीय नेताहरुले भीमदत्त नगरमा संयुक्त प्यानल बनाएका छन ।
आशन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेतृत्व, पदाधिकारी सदस्यका लागि दुवै पक्षका युवा नेता कार्यकर्ताहरुले संयुक्त प्यानल बनाएका हुन । उक्त प्यानलाई उनीहरुलाई कुनै पक्ष, विपक्ष नभई केबल युवाहरुको निष्पक्ष टिम भएको दावि गरेका छन । आशिष कुमार खत्री नेतृत्वमा युवाहरुको टिम बनाएर चुनावी मैदानमा होमिएका हुन । नेपाली काँग्रेस भीमदत्त नगरको नगर सभापतिमा आशिष कुमार खत्री, उप सभापतिमा राजेन्द्र बहादुर चन्द÷शुसिल साउद, सचिव गगन सिह धामी÷पुष्कर नाथ जोशी, सह सचिवद्वय दिपक राज विष्ट र हिरादेवी दमाई, कोषाध्यक्षमा दान बहादुर चौधरीको टीम बनाएका छन ।

भीमदत्त नगरको सभापतिको दौडमा रहेका आशिष कुमार खत्रीले उक्त टिम नितान्त युवा र पार्टीमा गुट, समुह अन्त्य हुनुपर्छ भन्ने विचार मिलेरका पक्षहरुको समुह भएको बताएका छन । काँग्रेसले खत्री पक्षले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भीमदत्त नगरको टिम घोषणा गरेका हुन । झण्डै तीन दशकदेखि काँग्रेस राजनीतिमा होमिएका आशिष कुमार खत्रीले पार्टीलाई एक ढिक्का बनाउँदै समुहगत अन्त्य गर्ने बताएका छन । ०५०सालमा खत्री महेन्द्रनगर मावि नेवि संघ इकाईबाट काँग्रेस राजनीतिमा प्रवेस गरेका थिए । सिद्धनाथ विज्ञान क्याम्पसको सह सचिव, भारतमा उच्च शिक्षा अध्ययन गर्दा अखिल नेपाल भारत विद्यार्थी संघमा समेत रहेर विद्यार्थी राजनीतिमा होमिएका खत्रीले ०५९सालमा विज्ञान क्याम्पसको इकाई अध्यक्ष भएका थिए । ०६२÷०६३सालको जनआन्दोलनका क्रममा हिरासतमा बसेका उनले गुटउपगुट रहित काँग्रेसको परिकल्पना अनुरुप काँग्रेस भीमदत्त नगरको सभापतिका लागि उम्मेदवार भएको बताए । खत्री पक्षबाट सचिवका दाबेदार गगन सिह धामी पनि झण्डै तीन दशकदेखि काँग्रेस राजनीतिमा होमिएका छन । ०४८सालमा नेपाल तरुण दल भीमदत्त नगरको सदस्य हुँदै, जिल्ला सदस्य, वडा सचिवसम्म जिम्मेबारी दिएर काँग्रेसको सकृय राजनीतिमा होमिएका थिए । सचिवका उम्मेदवार धामीले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानका लागि सबै विचार समुहका युवाहरुको तर्फबाट उम्मेदवारी दिएको बताए ।

Sana Kishan

सचिवकै अर्का उम्मेदवार पुष्कर नाथ जोशीपनि झण्डै अढाई दशकदेखि काँग्रेस राजनीतिमा होमिएका छन । ०५५ सालमा डडेल्धुराको अशिग्राम माविबाट नेवि स्रघको यात्रा गरेका थिए । उनी नेवि संघको इकाई सह सचिव हुँदै उच्च शिक्षा अध्ययनका लागि ०६३ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसको इकाई उपाध्यक्ष, प्रजातान्त्रिक महासंघको जिल्ला सदस्य, नेपाल तरुण दलको जिल्लmा सदस्य प्रजातान्त्रिक महासंघका सदस्यमा काम गरिरहेका छन । उनले फुट राजनीतिक बिरुद्ध जुटका लागि युवाहरु एकजुट भएर चुनावमा होमिएको बताए । उक्त टिमका पदाधिकारीका उम्मेदवारले गुट रहित काँग्रेस र सबै क्षेत्र, भेग र समुदायबाट प्रतिनिधित्व गरिएको बताएका छन । आफुहरुको उम्मेदवार कुनै नेताको पक्ष विपक्ष भन्दा पनि युवा नेतृत्वको लागि भएको बताएका छन । बजारमा आफ्नो टिम बिरुद्धमा गरिने टिकाटिप्पणीको पछि नलाग्न समेत आग्रह गर्दै काँग्रेसलाई नेता कार्यकर्ताको र जनताको बनाउनका लागि आफुहरुको उम्मेदवारी भएको बताएका छन । बेलडाँडी पोस्ट बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.