सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पेटमा बोसो बढेर दिक्क हुनुहुन्छ ? आजैबाट खानुहोस् यी खानेकुरा !

अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, स्वास्थ्य भन्दा स्वादलाई प्रथामिकता लगाएत कारणले अहिले थुप्रै मानिसको समस्या बनेको छ पेट लाग्नु ।

अनावश्यक पुल्टुक्क निस्कने पेटले मानिसको शरीर भद्दा त देखिन्छ नै, विभिन्न रोगको जोखिम समेत बढाउँछ । कसरी घटाउने त पेटको बोसो । एजेन्सीहरुले पेटको बोसो घटाउन निम्न लिखित खानेकुरा खान सुझाव दिएका छन्

लसुनः लसुनलाई सर्वगुण सम्पन्न मानिन्छ । यसमा हुने प्राकृतिक एन्टी बायोटिकले मुख्य गरी सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ ।

World Link Ads
Mahakali Polytechnic

यसबाहेक लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । परिणाम तपाईंलाई पेट लाग्नबाट जोगाउँछ र स्वस्थय राख्न मद्धत गर्छ ।

Dirghayu Ads
Sana Kishan

केराः फलुलमा केरालाई एकदम राम्रो मानिन्छ । यसमा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

स्याउः बोसो घटउन स्याउ निकै उपयोगी मानिन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

दालचीनीः शरिरको तौल घटाउन दालचीनी निकै उपयोगी मानिन्छ । बिहान ब्रेकफाष्ट भन्दा अधि र सुत्नुभन्दा अघि एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर सेवन गर्ने हो भने स्वस्थ्यका लागि एकदमै लाभदायी मानिन्छ ।

ग्रीन टीः सामान्यतया ग्रीन टी स्वास्थ्यका लागि एकदमै उपयोगी मानिन्छ । अध्ययन अनुसार, ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ । जुन यौगिकले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ र स्वास्थ्य राख्न मद्धत गर्छ ।(gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.