सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसियाकै उत्कृष्ट खेलाडी चुनिए किरण चेम्जोङ

एसियाकै उत्कृष्ट खेलाडी चुनिए किरण चेम्जोङ
नेपाली फूटबल टीमका कप्तान किरण चेम्जोङ इन्टरनेसनल प्लेयर अफ दी विक चुनिएका छन् । एसियन फूटबल कन्फेडेरेसनले भोटिङका आधारमा चेम्जोङलाई साताको उत्कृष्ट खेलाडी छनोट गरेको हो ।

नेपाली टीमका गोलरक्षक किरणले ५५ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी साउदी अरेबियाका सलेह अल शेहरीले २० दशमलव ७२ प्रतिशत मत पाए ।

Sana Kishan

नेपालमा हालै सम्पन्न थ्री नेसन्स कप फूटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा एएफसीले चेम्जोङलाई प्लेयर अफ दी विकको मनोनयनमा राखेको थियो ।

World Link Ads
Mahakali Polytechnic

प्रतियोगितामा ३ खेल खेलेका किरणले दुई खेलमा कुनै पनि गोल खाएका थिएनन् भने फाइनलमा बंगलादेशले १ गोल गर्न सफल भएको थियो । धनगढी खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.