सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिप दुर्घटना‚ तीनजना घाइते !!

महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। दुर्घटनामा जिपधनी दार्चुलाको अपिहिमाल–५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

कैलालीको अत्तरियाबाट दार्चुला जाँदै गरेको भे १ च ३५११ नम्बरको जिप महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडा बजार नजिकै मंगलबार बिहान करिब ६ बजे दुर्घटना भएको हो।

Sana Kishan

फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति हुन नपाएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित चारजना सवार रहेका थिए। जिप चालक दार्चुलाको अपिहिमाल–५ का वीरेन्द्र धामी फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताइएको छ। ब्रेक फेल भएर जिप दुर्घटना भएको चौकीका इञ्चार्ज बमले बताए।
(रेडियो बैतडी बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.