सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

कञ्चनपुर । जिल्लास्थि वेदकोट नगरपालिकाको आयोजनामा यही माग २४ गते बाट सञ्चालित पहिलो चरणको ६ दिने आधारभूत सहकारी लेखापालन तालिम आज सम्पन्न भएको छ । तालिममा नगरपालिकाका वडा नं १ देखि ५ सम्मका सहकारी संस्थाका कर्मचारीहरु सहभागी हुनुभएको थियो । समापन वेदकोट नगर संजालका अध्यक्ष धर्मराज जोशीको अध्यक्षता र नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

Sana Kishan

तालिम सहजिकरण वेदकोट नगरका लेखा अधिकृत केशब दत्त भट्टले गर्नु भएको थियो भने संजालका अध्यक्ष  जोशीले सहकारीको अवधारणा, मूल्य मान्यता र सिद्धान्त बारे प्रशिक्षण गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्नु हुदै नगर प्रमुखले सहकारी संस्थाको विकासका लागि आफू प्रतिबद्ध रहेको र यसका लागि नेफ्कस्कूनसँग आधारशिला कार्यक्रममा सम्झौता गर्ने, यसका लागी नेफ़स्कूनसँग कुरा अघि बढेको समेत जानकारी गराउनु भयो । नगर अध्यक्ष जोशीले तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्न सुझाव दिनु भयो । संजालको तर्फबाट आफूले जूनसुकै बेला सहयोग गर्न तयार रहेको र नगरपालिका सँग निरन्तर समन्वयमा रहने प्रतिबद्धता व्यक्त गर्दै  तालिम आयोजनाका लागी बेदकोट नगरपालिकालाई धन्यबाद ब्यक्त गर्नुभएको छ । कार्यक्रममा सुदूर पश्चिम प्रदेश कृषि सहकारी संघका अध्यक्ष धर्म सिंह कुँवर र बेदकोट नगर आ. ले.प. संयोजक केशब दत्त भट्ट पनी सहभागी हुनुहुन्थ्यो । सकोस बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.