मयुरको प्वाँखलाई पुजनीय र पवित्र मानिन्छ । भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको हो ।मयुरको प्वाँख राख्नाले सौभाग्य ल्याउने धार्मिक विश्वास छ । वास्तुशास्त्रका अनुसार मयुरको प्वाँख घरमा राख्दा हुने फाइदाहरु धेरै छन् । जुन विषयमा यहाँ चर्चा गरिएको छ ।
यदी कुनै जरुरी काम पूरा हुँदाहुँदै रोकिएको छ भने आफ्नो बेडरुमको पूर्वीदक्षिण दिशामा मयुरको प्वाँख राख्नुहोस् । यसले रोकिएको काम पुरा हुनेछ ।यदि तपाईको पैसा कहीँ अड्किएको छ अर्थात तपाईले ऋण दिएर उक्त ऋण उठेको छैन भने पनि मयुरको प्वाँख घरमा राख्नले ऋण उठ्ने विश्वास गरिन्छ ।
त्यस्तै घर अथवा पसलको दक्षिण–पूर्वी दिशामा प्वाँख राख्नाले घरबाट नकारात्मकता दोषहरु निवारण हुन्छन् ।घरको मुख्य द्वारमा तीन वटा मयुर प्वाँख स्थापित गर्नाल, घरको वास्तुदोष निवारण हुन्छ,जो व्यक्तिले सधैं आफूसँग मयुरको प्वाँख राख्ने गर्छ, उसलाई हरेक काममा सफलता मिल्ने विश्वास गरिन्छ । किताब तथा डायरीमामयुर प्वाँख राख्नाले शुभ हुनेछ ।
कुनै पनि शुभ दिनमा मयुर प्वाँख घरको यस्तो ठाउँमा राख्नुहोस्, जहाँ आउने जाने मान्छे सबैले देखुन् । यसले घरमा वैभवता छाउँछ भने घरमा हुने कलह रोकिन्छ । घरभित्र उत्पन्न हुने नराम्रा भावना निवारण हुने विश्वास गरिन्छ।
यो पनि पढ्नुहोस् ःकसरी भयो शिवस्वरुप हनुमानको जन्म , यस्तो छ पौराणिक कथा !ःभगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन् । भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान शिवले १२ रूद्र अवतार लिएका छन् । शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान शिवका यी अवतारबारे जानकार छन् ।
हनुमानको जन्मःशास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान शिवको अवतार मानिएको छ । किनकी हनुमानकी माता (आमा) अन्जनीले भगवान शिवको घोर तपस्या गरेर शिवलाई पुत्रको रुपमा प्राप्त गर्ने वर मागेकी थिइन् ।
त्यसपछि भगवान शिवले पवन देवको रुपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए र त्यतिबेलै उक्त शक्ति अन्जनीको गर्भमा प्रविष्ट भएको थियो । त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हुमानको जन्म भएको थियो ।
पौराणिक कथामा यस्तो वर्णनःपौराणिक कथाका अनुसार रावणको अन्त्यका लागि भगवान विष्णुले राम अवतार लिएका थिए । उक्त समय सबै देवताले भगवान रामलाई सहयोग गर्न अलग–अलग रुपमा अवतार लिएका थिए ।
सोही समयमा भगवान शंकर (शिव)ले पनि आफ्नो रूद्र अवतार लिएका थिए । यसको पछाडि एउटा कारण छ कि, उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो । हुनमान शिवका ११ औं रूद्र अवतार हुन् । यस रुपमा भगवान शिवले रामको सेवा पनि गरे भने रावणको वधमा उनको मद्दत पनि गरे ।