सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेगा सहकारी आफ्नै भवनमा

कञ्चनपुर – कञ्चनपुरको एक सहकारीले आफ्नै भवन निर्माण गरेको छ । मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माण गरेको हो ।

भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा आफ्नै आधुनिक कार्यालय भवन निर्माण गरेको छ । १० बर्ष अघि मात्रै स्थापना भएको सहकारीले तीनतले भवन निर्माण गरेको छ ।

मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख शुनिल कुमार सेटीले तीन बर्ष अघि खरिद गरिएको जमिनमा गत बर्ष २२ मंसिर ८० मा शिलान्यास गरिएको भवन ३१ भदौँ ०८१ मा उद्घाटन गरिएको बताए ।

महालक्ष्मी निर्माण सेवाले १ करोड १३ लाख, ८५ हजार बजेटमा उक्त भवन निर्मांण गरेको छ । पहिलो तलामा महेन्द्रनगर शाखा सहित काउण्टर, दोस्रोमा अफिस कार्यालय र तेस्रोमा हल सहित गेष्ट हाउस निर्माण गरिएको छ ।

Mahakali Polytechnic

पार्किङ्ग सहितको आधुनिक भवनमा स्तरिय सेवा दिने उनले बताए । ०७० सालमा २५ शेयर सदस्यबाट शुरुवात गरिएको सहकारीमा अहिले १८ हजार ग्राहक रहेका छन् । कञ्चनपुर, कैलाली सहित तीन जिल्लाबाट सेवा प्रवाह गर्दै आएका छन । मेगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रघुनाथ ओझाले ११औँ बार्षिक साधारण सभापछि आफ्नै भवनबाट सेवा प्रवाह गरिने बताए । ‘पहिले हामीले केन्द्रीय कार्यालय भाडाको घरमा संचालन गरेका थियौँ, ‘उनले भने, ‘अहिले आफ्नै भवनमा सेवा प्रवाह गर्न लागेका छौँ ।’

World Link Ads

राष्ट्रिय सहकारी विकास बोर्ड सहकारी संचालक सदस्य दशरथ भण्डारीले अहिले कोरोना महामारी जस्तै चपेटामा रहेको अवस्थामा मेगा बचत तथा ऋण सहकारी संस्थाले सरानिय काम गरेको बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds