सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जमानी जात्रामा नित्य पुजा मात्रै हुने

बैतडी–पौष १२/  बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जमानी जात्रामा यो बर्ष सामान्य नित्य पुजा मात्रै हुने भएको छ । बिश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्लो समय समुदाय स्तरमै फैलिएको भिडभाड नगरी नित्यपुजा मात्रै गर्ने निर्णय गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । “बिगत देखि चलि आएको परम्परालाई निरन्तरता दिदै सामान्य नित्य पुजा मात्रै गर्ने निर्णय गरेका छौ ।”

उहाँले भन्नुभयो । पौष १५ गतेका दिन लाग्ने जमानी जात्रामा बिशेष सर्तकताका साथ नित्यपुजा मात्रै हुने उहाँले जानकारी दिनुभयो । निङ्गलाशैनी भगवती धार्मिक सेवा समिति र दशरथचन्द नगरपालिका वडा नं २ को संयुक्त बैठकले जमानी जात्रामा भीडभाड गर्न नदिने निर्णय गरेको हो । जात्राको समयमा मन्दिर परिसर वरिपरि पसलहरु थाप्न नपाईने भएको छ । यस्तै मदिराको बेचबिखन र सेवनमा पनी पूर्ण रुपमा रोक लगाइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन जमानी जात्रा हुदै आएको छ । निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जमानी जात्रामा आउने नागरिकहरुलाई अनिबार्य मास्कको प्रयोग, स्यानीटाईजर र सामाजिक दुरी कायम लगायतका स्वास्थ्य मापदण्डहरुको पालना गरिदिन आग्रह गरेको छ ।radiobaitadi.बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds