पोखरा आउने पर्यटकको बसाइ लमब्याउन र भारतीय पर्यटकहरुलाई मध्यनजर गर्दै मूर्ति स्थापना गर्न लागिएको हो । एकै ठाउँबाट रमणीय दृश्य अवलोकन गर्न सकिने गरी पोखरा महानगरपालिका पुम्दीकोटमा ५२ फिट अग्लो शिव मूर्ति निर्माण गरिएको हो । पोखरामा नेपालमै अग्लो दाबी गरिएको शिवको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मूर्ति निर्माणको काम ४५ प्रतिशत सकिएको छ । ४० करोड रुपैयाँको लागतमा निर्माणाधीन मूर्तिले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ । पुम्दीकोटकोट विकास समितिले मन्दिर निर्माणको काम तीव्रगतिमा गरिरहेको छ । भवन निर्माण र मूर्ति जडानको काम चलिरहेको छ । ५२ फिट अग्लो शिवजीको बसेको मूर्ति राख्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धन र विकासका लागि नेपालका १०० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । त्यसैमा परेको पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा स्थापित तथा पर्यटन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै त्यसलाई पर्यटकीय तथा धार्मिक क्षेत्र बनाउन स्थानीयहरु उत्साही भएका छन् । पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमशृंखला, फेवाताल एकै नजरबाट अवलोकन गर्न सकिने पुम्दीमकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन पर्यटन समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो । पोखराबाट करिब २० मिनेटको सवारी–साधनमार्फत् पुग्न सकिने यो ठाउँमा भगवान् शिवको मूर्तिसँगै हिमशृंखला, सूर्योदय, स्याङ्जा, पर्वत र फेवातालसँगै पोखरा बजारलाई नियाल्न सकिन्छ । मूर्ति निर्माणमा केन्द्र सरकार, प्रदेश सरकार र पोखरा महानगरसमेत विभिन्न व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् । मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर छ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार पहिलो चरणमा मूर्तिसहित गणेशले परिक्रमा गरिरहेको १०८ शिवलिंग, १०८ स्वर्गद्वारी सिंढी, सुमेरु पर्वतलगायत निर्माण हुनेछ ।
दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैंचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना छ । मूर्ति बनेपछि महत्वपूर्ण गन्तव्य थपिने विश्वास स्थानीयले लिएका छन् । पुम्दीकोटबाट फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृंखला एकसाथ देख्न सकिन्छ । समुद्र सतहदेखि झन्डै एक हजार ५०० मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृश्यावलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटावरसमेत निर्माण गरिएको छ ।
भिडियो अन्त्यमा छ यो पनि पढ्नुहोस: यो कुरा सुरु भएको थियो २०७४ सालको नयाँ वर्षको दिन। बैशाख १ गते निन्द्राबाट ब्युझिए लगतै देब्रे हतको नाडीमा केही असहज महसुस भएको थियो। खस्रो चिज हातमा कोरिएको थियो, हेर्दा ट्याटुजस्तो देखिने छाम्दा भने कुनै कुरा टाँसिए जस्तो। बेलुका सुत्दा सामान्य नै रहको हातमा एकाबिहानै आएको अस्वभाविक परिवर्तनसंगै अनौठो अनुभुति भएपनि म डराएँ। छिटो छिटो खाटबाट उठेर बाथरुम पसेर हातमा साबुन लगाएँ। मज्जाले मिचे,पखाले। सो ट्याटु जस्तो चिज पखालिएन, बरु त्यसको रंग चेन्ज भयो। कालो गोलो घेरा देखियो। गोलो घेरा भित्र रेखाहरु आफसे आफ कोरिन थाले। हेर्दा हेर्दै गोलो आकारको दाँया बाँया घडीको दम जस्ता दुई आकार देखियो। अब घडी जस्तो आकृति प्रस्ट देखियो। घडीको १२ अंकको ठाउँमा एउटा सानो थोप्लो र ६ अंक रहने ठाउँमा अर्को थोप्लो देखे।
पानीभित्रबाट सहतमा निस्केसरी छालामा बिस्तारै तीनवटा फरक-फरक रंगका सुईहरु प्रस्ट देखिन थाले। रातो रंगको धर्सो १२ अंकतिरको थोप्लो तिर सोझियो। निलो र हरियो रंगको सुई ६ बजेको थोप्लो तिर तेस्रियो। सुईहरु देखिएको ठाउँ छाम्दा पनि महसुस हुन्थ्यो।बाथरुमबाट निस्किए। सोच्दै नसोचेको क भयो, कसलाई भन्ने मन डरायो। ‘के भएको देखाउन हस्पिटल जाउँ कि? फेरी दुखेको पोलेको केही छैन। के होला पहिले पत्ता लगाउनु पर्ने सोचे। सोच्दा सोच्दै कोठा बाहिर निस्के। नजिकै रहेको सानिमाको घर तिर तेर्सिए। सानिमाको छोरा मैरै उमेरको थियो। उसैले भन्ने आँटेर कल गरे। ‘आयुष कता छस्?’ ‘घरमा’ ‘म आउँदै छु है’ ‘ओके’, उसले फोन राख्यो।
हातको अनौठो घडी हेरे। घडीमा देखिएको दुईवटा दाँयाँबाँया रहेका दमजस्ता मध्ये एउटा अलिक बाहिर र अर्को केही भित्र छिरेको जस्तो थियो। बाहुला सारेर त्यसलाई छोपी बानेश्वर तिर लम्के। बानेश्वर चोकमा बाटो काट्नेको भित्र सदा झै बाक्लो थियो। कलेज जान लागेका केटीहरु चर्को स्वरमा गफ गर्दै थिए। चोकको बिचमा ट्राफिकको सिठ्ठिको आवाज झनै चर्को थियो। धुवाँ, धुलो, कोलाहाल, यो भन्दा त गाउँकै वातावरण ठिक। गाउँसंग तुलना गर्दै मान्छेको भिड भित्र बाटो काट्न उभिरहेको थिए। बाहुला सारेर घडी हेरे। त्यो बाहिर निस्किएको जस्तो दम थिचेझै औलाले धकेलेको मात्र के थिए, त्यो त साच्चै थिचियो, भित्र पस्यो। यो भित्र पस्नासाथ पहिले दबिएझै रहेको अर्को तिरको दम फुत्त बाहिर आयो। १२ बजे तिर तेर्सिएको रातो सुइ ६ बजेमा झर्यो। निलो सुई १२ तिर तेर्सियो। हरियो सुईमा कुनै हलचल देखिएन। छालाको सहतमा आएको हलचलबाट आँखा उठाए, अर्को अनौठो घट्यो। वरिपरि रहको बाटो काट्नेको भिड गायब! वरिपरि हेरे, डाँडापाखा अनि वनजंगल मात्र।
ती डाँडापाखा अरु कतै नभइ उही पुरानो गाउँको थियो, जुन केही बेर अघि सम्झदै थिए। यताउता डुले, बानेश्वरबाट एकाएक गाउँमा कसरी आइपुगे, केही बुझ्न सकिन। हातको घडी हेरे। घडीको कालो गोलाकार आकार कालो थिएन। बरु चम्किलो सेतो गोलाकार भित्र रातो, निलो र हरियो सुई प्रस्ट थियो। घर भएको ठाउँमा आइपुगे। अर्को अनौठो भयो। ठाउँ त त्यहि थियो तर त्यहाँ घरको कुनै नामनिशान थिएन। केही बेर बसेर केही परको बजार तिर लागे। बजारमा सबै घरहरु उस्तै छन्। चलहपलह उस्तै छ। मोबाइल निकालेर समय हेरे। मोबाइलमा सवा सात बजेको थियो। बिहान कोठाबाट निस्किदा सात बजेको थियो। त्यहाँबाट बानेश्वर पुग्दा सवा सात भएको हुनुपर्छ। बाटोकाट्न केही मिनेट बसे, अनि एकाएका गाउँमा पुगेको प्रस्ट याद छ। बजार आइपुग्नु अघि घर हुनुपर्ने ठाउँमा १० मिनेट त बसेको हुदो हुँ। तर मोबाइलमा सवा सात मात्र किन, रहस्यहरुको चाङ एकपछि अर्को थपिदै गयो।