सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिन्दू’ शब्दको खोज कसले गर्यो ? रोचक तथ्य !! धेरै भन्दा धेरै सेयर गर्नुहोस

कुनै धर्मको परिभाषा के हुन सक्छ ? धर्म मान्ने व्यक्तिहरूले दैनिक रूपमा पालना गर्ने रितिरिवाज कहाँबाट आउँछ ? यदि हिन्दू धर्मको विषयमा जान्ने हो भने हामीले थाहा पाउनुपर्ने धेरै तथ्यहरू छन्, जुन हामीलाई थाहा नहुन सक्छ । हिन्दू धर्मको संस्थापक कोही पनि होइन । संसारको सबैभन्दा पुरानो धर्मको कोही संस्थापन नहुनु आश्चर्यको विषय हो ।

हिन्दू धर्ममा बाँच्ने तरिका:जसरी इस्लाम धर्मका प्रवर्तक मोहम्मद हुन्, इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट हुन् त्यसैगरी हिन्दू धर्मको कुनै एक जना प्रवर्तक होइनन । हिन्दू धर्मका बारेमा के मान्यता छ भने धेरै वर्ष पहिला केही ऋषिमुनीहरूले जीवन जिउने तरिका खोज गरे । उनीहरूले त्यो तरिका प्रचार गरे र कालान्तरमा त्यही हिन्दू धर्म बन्यो । त्यसैलाई सनातन धर्म भन्न थालियो ।

कहाँबाट शुरुवात भयो?:हिन्दू धर्म इसापूर्व १५ सय देखि २ हजार वर्षपहिले शुरू भएको मानिन्छ । त्यससमय हिन्दू धर्मको एकजना मात्र होइन विश्वभर सयौं प्रचारक थिए । कतिपयले हिन्दू धर्म ५ हजार इसापूर्व स्थापना भएको मान्ने गर्छन् । त्यस समय हाल पाकिस्तानमा पर्ने सिन्धू नदीको वरिपरी रहनेहरूले मान्ने धर्मलाई कालान्तरमा हिन्दू धर्म भन्न शुरू गरिएको कथ्य पनि छ । उनीहरूले प्रकृतिमा भेटिएका प्रत्येक चीजलाई पूजा गर्ने गर्दथे ।

हिन्दू शब्द कहाँबाट आयो?:धर्मका बारेमा खोजकर्ता गाविन फ्लोडका अनुसार हिन्दू शब्द नेपाल या भारतबाट शुरू भएको नभई फारसी या पर्सियाबाट आएको हो । यो शब्द सिन्धू नदीको आसपास रहनेहरूले प्रयोग गर्ने गर्दथे । विशेष गरेर छैठौं शताब्दीमा राजा दारियासको लेखमा हिन्दू शब्द प्रयोग भएको पाइन्छ ।

Mahakali Polytechnic

हिन्दू शब्द त्यतिबेला भूगोललाई जनाउने हिसाबले प्रयोग गर्ने गरिन्थ्यो । हिन्दू शब्दलाई धर्मको रूपमा चौधौं शताब्दीमा लेखिएको एक फारसी दस्तावेजमा पाइन्छ, जसलाई फुतुह सलातीनले लेखेका थिए । यो बाहेक सातौँ शताब्दीमा सुआन्जाङले लेखेको एक चिनियाँ दस्तावेजमा पनि हिन्दूलाई धर्मको रूपमा लिने गरिएको तथ्य उल्लेख छ ।

World Link Ads

भारतको सर्वोच्च अदालतले भन्यो–हिन्दू धर्म नभएर जीवन जिउने तरिका हो

Sana Kishan

भारतको सर्वोच्च अदालतले सन् १९९५ को एक फैसलामा हिन्दू धर्म कुनै धर्म नभएर जीवन जिउने तरिका भएको फैसला गरेको थियो । त्यसपछि पनि देखिएका कैयौं धर्मसम्बन्धी विवादमा भारतका अन्य अदालतले पनि हिन्दू धर्मलाई धर्मको रूपमा नलिएर हिन्दू, हिन्दूत्व, हिन्दूइज्म आदि शब्दलाई धेरैपटक जीवन जिउने शैली भनी व्याख्या गरेको छ । अक्सर हिन्दूत्वलाई हिन्दू धर्मको कट्टर अंग मानिने गरेको छ, तर भारतको अदालतले अर्कै व्याख्या गरिदिएको छ ।

नास्तिकता पनि हिन्दूकै एक अंग

हिन्दू धर्मको एउटा अचम्मको मान्यता के छ भने नास्तिकता पनि हिन्दू धर्मकै अंग रहेको मानिन्छ । धर्मले नास्तिकहरूले कसरी भगवान मान्छ भनी व्याख्या गरेको छ । नास्तिकहरू (जसले भगवान मान्दैनन)लाई अद्वैतवाद या एकेश्वरवाद अर्थात् मात्र एक भगवान, बहुभगवान या अनेक भगवानलाई मान्नेहरू भित्र पर्छन ।

हिन्दू धर्म नै यस्तो धर्म हो जसमा तीनवटा कुराहरू सामेल छन् । पहिलो ३३ करोड भगवान मान्ने पनि यहीं छन्, दोस्रो ब्रम्हा मात्र मान्ने पनि यहीं छन् र तेस्रो नास्तिक पनि यहीं छन् जसले भगवान मान्दैनन् तर आत्मा रहेको कुरा स्वीकार्छन ।

जति मान्छे उति रिवाज !:हिन्दू धर्म मान्नेहरूको फरक फरक रिवाज छ । जति जाति छन् उनीहरूले आफ्नै तरिकाले धर्म मान्ने गर्छन । हिन्दू धर्म संसारको एउटा मात्र त्यस्तो धर्म हो, जहाँ धेरै विभाजन छ ।

कण-कणमा भगवान:हिन्दू धर्ममा मूर्तिमा मात्र होइन कण-कणमा भगवान रहेको विश्वास गरिन्छ । प्रकृतिमा भएका प्रत्येक चीजहरू हिन्दू धर्ममा पूजनीय हुन्छन् । फूल, रूख, ढुंगा, नदी, माछा या कुनै पनि प्राकृतिक चीजहरूको पूजा गर्ने संसारको एकमात्र धर्म हिन्दू धर्म हो । हिन्दू धर्मले आफ्नो सुविधाको हिसाबले भगवान चुन्ने मौका दिएको छ ।

संसारको तेस्रो ठूलो धर्म:हिन्दू धर्म संसारको तेस्रो ठूलो धर्म हो । क्रिश्चियन र इस्लामपछि यो धर्म मान्नेको संख्या धेरै छ । ९५ प्रतिशत हिन्दूहरू भारतीय उपमहाद्वीपमा बसोबास गर्छन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.