सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटामा पर्यापर्यटन विकासका लागि सरोकारवालाहरु सकृय

52
Sana Kishan

कञ्चनपुर, मंसिर । कञ्चनपुरमा पर्यापर्यटनको विकासका लागि शुक्लाँफाटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती वन व्यवस्थापन समिति र तराई भू परिधि (ताल) कार्यक्रमको सहकार्यमा सरोकारवालाहरु सकृय भएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ जोनापुर स्थित खयर कन्द्रा सामुदायिक होम स्टेमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज क्षेत्र र आसपासको मध्यवर्ती वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र पर्यापर्यटनको विकासका लागि सरोकारवालाहरुले ऐक्यवद्धता समेत जनाएका छन् ।

Arus

प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले गतिविधि बढाएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्र र आसपासको मध्यवर्ती वन क्षेत्रको संरक्षण, प्रवद्र्धन र पर्यापर्यटनको विकासमा सहयोग र सहकार्यका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले जनसमुदायलाई समेत आग्रह गर्नुभयो ।

२०२६ सालमा शाही शिकार आरक्षका रुपमा स्थापित उक्त क्षेत्र विभिन्न कालखण्डमा परिमार्जित र विस्तारित हुँदै २०७३ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा नामांकित भएको थियो । ठूलो फाँट समेत रहेको निकुञ्ज क्षेत्र भित्र बाघ, हात्ती, गैडा, बाह्रसिंगा लगायत विभिन्न प्रजातिका वन्यजन्तुहरू तथा चराचुरुङ्गीहरूको संख्या प्रशस्त रहेकोले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको सम्भावना अत्यधिक रहेको छ ।

जैविक विविधता र दुर्लभ वन्यजन्तुहरू तथा चराचुरुङ्गीहरूको संरक्षण गर्ने, मध्यवर्ती क्षेत्रमा रहेका वासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउने र निकुञ्ज एवं जीवजन्तु सम्बन्धी अध्ययन अनुसन्धानको केन्द्रका रुपमा स्थापित गर्ने राष्ट्रिय निकुञ्जको मुख्य उद्देश्य रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत कान्ती कँडेलको भनाइ छ ।

 

मध्यवर्ती क्षेत्रमा समेत पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार र सरोकारवालाहरुले अपनत्व महशुस गरी सकृय हुनुपर्नेमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लव बहादुर बिष्टको जोड छ । तराई भू परिधि (ताल) कार्यक्रमले नेपालका १८ जिल्लामा कार्य गरिरहेको तराई भू परिधि (ताल) कार्यक्रमका प्रतिनिधि रमेश चौधरीले जानकारी दिनुभयो । विशेषतः तराईँका जिल्लाहरुमा प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनका कार्यमा केन्द्रित ताल कार्यक्रमले स्थानीय जनसमुदायका लागि पर्यटन सम्बन्धी सीप विकासका गतिविधि समेत बढाएको उहाँको भनाइ छ ।

Karnali Traders

कोभिड १९ महामारीका कारण लामो समयसम्मको बन्दाबन्दी र त्यसयताको असहज परिस्थितिले बाह्य पर्यटकहरुको आवागमन शुन्यप्रायः भएको परिस्थितिमा आन्तरिक पर्यटकहरुलाई प्राथमिकतामा राखेर पर्यापर्यटनका गतिविधि बढाउनु पर्नेमा होटल व्यवसायी संघका कोषाध्यक्ष रामचन्द्र रेग्मीले जोड दिनुभएको छ ।

 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष बिष्णु दत्त अवस्थीले स्थानीय उत्पादन र कला संस्कृतिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यमले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै मिडियासँगै स्वयं पर्यटकहरूले गर्ने प्रचारप्रसार बढी प्रभावकारी हुने बताउनुभयो ।

देवीदल गणका गणपति कर्नेल सुनिल कुमार मल्लले पर्यापर्यटन विकासका लागि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले सहयोग गर्ने बताउनु भयो । उहाँले निकुञ्ज भित्र हुने चोरीतस्करी र निकासी पूर्ण रुपमा प्रतिबन्धित भएकोले गैरकानुनी गतिविधि नियन्त्रण गरिने उल्लेख गर्नुभयो ।

प्रकृतिमा आधारित पर्यापर्यटनका लागि निकुञ्ज र आसपासको क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनु पर्ने, प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने, निकुञ्ज प्रवेशमा सहज वातावरण बनाइनु पर्ने र सुरक्षा व्यवस्थापन लगायतका विषयमा सरोकारवालाहरुले जोडदिएका छन् । यसअघि सोमबार कञ्चनपुरको बेलडाँडीमा समेत पर्यापर्यटनका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । हरिश्चन्द्र बागले नेपालबोधमा लेखेका छन

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.