खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनुपर्ने एक धार्मिक पर्यटकीय पवित्र तीर्थस्थल हो । खप्तडको बिचमा अवस्थित यो मन्दिरको दायाँबाँया दुबै तिरबाट नदि बगेका छन् । यसलाई प्राचीनकालदेखि नै धार्मिक मन्दिरका रुपमा पुजिँदै आइएको छ ।
वरिपरी मैदानै मैदानको बिचमा अवस्थित रहेको त्रिवेणी मन्दिर नेपालमा रहेका तीर्थस्थलहरु मध्ये एक हो । यहाँ बर्षेनी जेष्ठ शुक्ल नवमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ र हजारौँ दर्सनार्थि तीर्थालु भक्तजन र पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।
खप्तड पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिरले पर्यटन तथा धर्मीक क्षेत्र दुवैलाई जोडेको छ । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।
त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेकाले मेलामा स्थानियहरुको बढी सहभागिता हुने गरेको छ । त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन् । त्रिवेणी घाटमा नुहाए पाप पखालिन्छ ।
त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ । त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ । यो मन्दिरमा धार्मिक आस्था राख्ने श्रदालु भक्तजनहरु र अवलोकन गर्ने उद्धेश्य बोकी आएका दुवै थरी पर्यटक घुम्न आउने गर्दछने ।
पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षैनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु आउने गर्दछन् । गंगादशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ्ग र बाजुराका मानिसहरु आई रात भर देउडा तथा न्याउले खेल लगाई रातभर रमाईलो गर्ने गर्दछन् ।
यो पनि :के तपाईको घुँडा दुख्ने समस्या छ ? यस्ता गल्तीहरु भुलेर पनि नगर्नुहोस् !:पछिल्लो समय घुँडामा समस्या हुनेको संख्या बढदै पाइन्छ। घुँडा गोडाको महत्वपूर्ण जोर्नी हो।उठबस र हिँडडुलमा गर्ने महत्वपूर्ण भूमिका घुँडाकै हुन्छ। घुँडाको जोर्नीमा समस्या भए शारीरिक गतिविधिमै अप्ठ्यारो पर्न जान्छ।यस्तो महत्वपूर्ण घुँडामा समस्या भए केही सजगता अपनाउन जरुरी रहने फिजियो थेरापिस्टहरुको भनाइ छ।
घुँडामा समस्या छ भने यसरी सजगता अपनाउनुहोस्:बन्द नै गर्नुहोस् । घुँडा खुम्च्याएर बस्दा जोर्नीमा दबाब पर्ने र झनै समस्या बढ्ने हुन्छ। गोडा तेस्र्याएर तथा कुर्सीका पुट्ठो अड्याएर घुँडामा दबाब नपर्ने गरी बस्नु पर्छ।१) घुँडाको जोर्नी खिइएका तथा दुख्ने समस्या भएकाहरुले पलेँटी कसेर पनि बस्नु हुँदैन। पलेँटी कसेर बस्दा एक–आपसमा हड्डीहरु खप्टिने, रगटिने हुन्छ। यसले समस्या झनै बढाउँदै लैजान्छ भने दैनिक गतिविधिमै अप्पठ्यारो पार्छ।
२)घुँडाको जोर्नीमा समस्या भएका व्यक्तिले उकालो–ओरालो गर्दा विशेष ध्यान दिनुपर्छ। घरको सिँढी चढ्दा या ओर्लिदा पनि ध्यान दिनुपर्छ। सकेसम्म यस्तो उकालो–ओरालोमा कमै हिँड्नु राम्रो हुन्छ। हिँड्नैपर्दा घुँडाका हड्डीमा कम दबाब पर्ने गरी विस्तारै हिँड्नुपर्छ।३) घुँडामा समस्या भए गह्रौँ भारी बोक्ने तथा भार उचाल्ने गल्ती गर्नु हुँदैन। यसले जोर्नीमा बढी दबाब परेर झनै समस्या बढ्न थाल्छ। गह्रौँ सामान तथा भारी उचाल्नुपर्ने भयो भने सावधानीपूर्वक पहिले बसेर बिस्तारै–बिस्तारै उचाल्नुपर्छ।
४)घुँडाको जोर्नीमा समस्या भएकाहरुले धेरै दौडिने र हिँड्ने गर्नु पनि राम्रो होइन । जोर्नीमा बढी दबाब निम्त्याउनु नै समस्या बढाउन मद्दत गर्नु हो। घुँडालाई हल्का कसरत र बढी आराम दिनुपर्छ।घुँडाको जोर्नीमा विभिन्न कारणले समस्या हुन सक्छ। हड्डी खिइएर, टुक्रिएर, चोटपटक लागेर मात्रै होइन, नसाका कारणले पनि जोर्नी दुखेको हुन सक्छ। घुँडाको जोर्नीमा के कारणले समस्या भएको हो, पहिले पहिचान गर्नुपर्छ।
चिकित्सकको सुझावअुनसार औषधि सेवन गर्ने, समस्या कस्तो हो, त्यसैअनुसार व्यायाम तथा आराम गर्नुपर्छ। जोर्नी पुरै खिइएर औषधिले पनि काम गर्न नसक्ने अवस्था पनि कतिपयको हुन सक्छ।जोर्नी नै फेर्नुपर्ने पनि हुन सक्छ। यस्तो अवस्थामा चिकित्सककै परामर्शबाट आफूलाई सहज हुने उपाय अपनाउनु उत्तम हुन्छ।gnewsnepal बाट