सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन भगवान विष्णु सधैं शेष नागको आसनमा ? के छ धर्मिक कथा ?

ब्रह्मा ब्रह्माण्डका सृष्टिकर्ता हुन् भने विष्णु पालनहार र शिव संहारक हुन्। ब्रह्मा,विष्णु र शिवलाई त्रिदेवको नामले पनि पुकारिन्छ।भगवान विष्णुका बहान गरुड हुन् भने शेषनाग विष्णुका अति प्रिय छन् र उनी सधैँ शेषनाग माथी आराम गरिरहेका हुन्छन्,यसलाई अनन्त शैया पनि भनिन्छ। शेषनाग पनि विष्णुका अनन्य भक्त हुन्। शेषनाग सँगै माता लक्ष्मी पनि विष्णुको चरणमा र सेवामा उत्तिकै समर्पित हुन्छिन्।

शेषनाग भगवान विष्णुका उर्जाका प्रतिक हुन्,जसमाथी विष्णु आराम गर्छन्।शेषनागले आफ्नो कुण्डलीमा सबै ग्रहहरुलाई राखेका छन् र भगवान विष्णुको मन्त्रको उच्चाहरण गर्छन्।शेषनाग भगवान विष्णुका रक्षक पनि हुन्। जब महाभारतमा विष्णुका अवतार कृष्णलाई कंसको हातबाट मर्नबाट बचाएर वासुदेवले गोकुल लैजान समुन्द्र तर्न लाग्दा आएको आँधीबेहरीबाट शेष नागले उनको रक्षा गरेका थिए।

विष्णुले रामको रुप लिएर रावणको अत्याचार र कृष्णको रुप लिएर कंस र कौरवहरुको अत्याचार समाप्त पारेका थिए। विष्णुको हरेक अवतारमा शेषनाग पनि सँगै अनेक अवतारमा धर्तीमा आएका थिए। त्रेता युगमा रामका भाई लक्ष्मणको रुपमा र द्धापर युगमा कृष्णको दाई बलरामको रुपमा विष्णुलाई साथ दिएका थिए।शेषनागको पराक्रम र प्रभाव गन्धर्व,अप्सरा,सिद्ध,किन्नर,नाग आदिलाई पनि थाहाँ छैन, त्यसैले शेषनागलाई अनन्त पनि भनिन्छ। सारा सृष्टिको विनाशपछि शेषनाग मात्रै बाँकी रहनेछन्।

यो पनि :निःसन्तानलाई सन्तान दिने, दुप्चेश्वर महादेवको दर्शन गरि महिमा पढ्नुहोस!!!!:निःसन्तानलाई सन्तान दिने , जोडी नभएका युवा युवायुवतीलाई जोडि मिलाइदिने, जनविश्वासले प्रसिद्वि पाएको नुवाकोटकै चर्चित र प्रमुख धार्मिक पर्यटकीयस्थल हो दुप्चेश्वर।त्यहाँ शिवरात्रीपछिको नेपालको दोश्रो ठुलो मेला लाग्ने गर्दछ। दोस्रो पशुपतिनाथले चिनिने यो मन्दिरमा धान्यपूर्णिमाको अवसरमा एक सातासम्म विशेष मेला लाग्ने गर्छ।

विशेषगरी सन्तान नभएका दम्पत्तीहरु सन्तान हुने विश्वासमा पुजा आराधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिकासहित पुग्छन्। बोली नफुरेका बालबालिकालाई दुप्चेश्वरमा दर्शन गराएमा बोली फुर्ने र दाम्लो चढाएमा नभ्याएका गाई व्याउने जनविश्वास रहेको छ।

पौराणिक कथनअनुसार सयौं वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा पहरोमा दूध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्यपूर्णिकाका दिन विशेष मेला लाग्दै आएको स्थानीय दुप्चेश्वर माविका शिक्षक बलराम आचार्यले बताए।

दुप्चेश्वर महादेव सबै धर्मको आस्थाको केन्द्रसमेत रहेकाले यस क्षेत्रको विकासमा विशेष पहल हुनुपर्ने स्थानीयले बताएका छन्।सदियौं वर्ष पहिले राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले बाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएको उनले बताए।

अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनेर दुप्चेश्वरको प्रख्याती छ।समुद्र मन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइकुण्ड गएको किंवदन्ती पनि छ।gnewsnepal. बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds