नेपालका हजारौँ कला संस्कृतिहरु मध्य एक हो सुदूरपश्चिमको कला संस्कृति । नेपालको सुदूरपश्चिम प्रदेशको आफ्नै कला,संस्कृति, भाषा रहेको छ । नेपालको अन्य संस्कृतिहरु जस्तै सुदूरपश्चिमको कला संस्कृति पनि लोप हुने अवस्थामा छन् । तर नेपाल तथा सुदूरपश्चिमको कला संस्कृतिलाई माया गर्ने एक युवा सुदूरको कला जगेर्ना गर्न निरन्तर लागि परेका छन् । बैतडि जिल्लाको शिबनाथ गाउँपालीका–२ शर्माली तल्लो स्वराडमा बुवा भानदेव कलौनी र आमा कमला देवी कलौनीका जेठा छोरा रुपमा वि.सं. २०५० सालमा जन्मेका प्रकाश कलौनीले आफ्नो औपचारीक शिक्षा गाउँमै गरे ।
सानैबाट कलासंस्कृतिलाई माया तथा समाज सेवा गर्ने स्वभावका कलौनी माध्यमिक शिक्षाका लागी कञ्चनपुर पुग्ये । माध्यमीक शिक्षाका क्रममा पनि कलौनी कञ्चनपुरको जागृती बाल कलवको अध्यक्ष रहि सामाजिक कार्य तथा आफ्नो कला संस्कृति जगेर्नामा निरन्तर लागिरहे । माध्यमिक शिक्षा सकिएपछि उच्च शिक्षाका लागी काठमाण्डौँ पुगेका कलौनीले जब सुदूरपश्चिमको गौरा पर्व काठमाण्डौको टुडीखेलमा देखे उनी अचम्ममा परे । उनले काठमाण्डौको टुडिखेलमा देखेको गौरा पर्व आफ्नो गाउँको गौरा भन्दा फरक देखेका थिए ।
कलौनी सम्झैदै भन्छन् ‘मैले काठमाण्डौको टुडिखेलमा देखेको गौरामा केही फरकपन जस्तो थियो ।’ ‘त्यसपछि मलाई सुदूरको कला संस्कृति जगेर्ना गर्न अझ केही गर्नु पर्छ भन्ने सोच आयो र यो क्षेत्रमा काम गर्न थाले । कलौनीले सुदूरपश्चिमको कला संस्कृति जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्देश्यले एउटा सुदुर खबर वान नामक युटुव च्यानल निर्माण गरेका छन । जसमार्फत विभिन्न सामग्रीहरु सम्प्रेषण गर्दै आएका छन । उनले सुदूरपश्चिका कला संस्कृति, भाषा, भूगोललाई समेटेर गीत निर्माण गरी च्यानलमा अपलोड गरी सुदूरको संस्कृति संम्बन्धी सबैलाई चेतना दिन थालेका छन ।
उनले हाल सम्म ‘ गाडी गुडी स्वराडमा, शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी ’ लगायतका बहुचर्चित डेउडा गीत निर्माण गरी अपलोड गरीसकेका छन् । त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले आफ्नो च्यानलमा सुदूरका फाग, सगुन, ठाडीभाका, छलिया, हुड्केउली, गौरा, डेउडा खेलहरु पनि च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिदै आएका छन् ।nepalbodh बाट सभार