सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तिहारको मुखमा भारत जानेको लर्को

विगतका वर्षहरूमा चाडपर्व लागेपछि गौरीफन्टा नाका भएर स्वदेश फर्किने नेपालीहरूकोे लर्को हुन्थ्यो । वर्षभरि मुग्लानमा पसिना बगाएका नेपालीहरू दशगजामा पुग्दा दंग हुन्थे । तर, अहिले त्यो दृश्य भने फेरिएको छ ।

अहिले स्वदेश फर्किनेको संख्याभन्दा रोजगारीका लागि भारत जाने नेपालीको संख्या चार गुणा बढी छ । केही समय पहिले कोरोना महामारीमा भारतबाट ज्यान जोगाउन नेपाल आएका नेपालीहरू यति बेला “भोकले ज्यान जान थालेपछि पुनः रोजगारीका लागि भारत जान बाध्य” भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरीयाकी रंजिता चौधरी रोजगारीका लागि गौरीफान्टा नाका भएर भारत जादै थिइन । विगतका वर्षमा यो बेला घर आउने गरे पनि अहिले छाकटार्ने समस्या भएपछि मुखमै आउन लागेको तिहार जोडेर रोजगारीका लागि भारत जानु परेको उनले बताइन् ।

World Link Ads
Mahakali Polytechnic

मुखमै आएको तिहार भूलेर कैलाली मनेहराका देव राना पनि रोजगारीका लागि भारत जान बाध्य भए । उनको पनि छाक टार्नै समस्या भएपछि भारत जानु परेको बाध्यता रहेको बताए ।

Dirghayu Ads

देशमा रोजगारीको गतिलो माध्यम नभएपछि पेट पाल्नकै लागि दैनिक हजार बढी नेपाली भारत पसिरहेका छन् । उनीहरूले त्यहा पनि सस्तोमा श्रम गर्न बाध्य छन् ।

Sana Kishan

चाडपर्वकै मुखमा पीडा बोकेर भारत पस्दै गरेका नेपालीहरूले यहि रोजगारीको उपयुक्त ब्यवस्था गर्न सरकारलाई माग गरे । नेपाल भारत सीमा क्षेत्रमा भारत पस्दै गरेकाहरूले पर्व भन्दा बढी परिवारको समस्या भएको टीकापुरका विनोद बिष्टले सुनाए ।

पछिल्लो समय भारतबाट आउने भन्दा पनि जानेको सङख्यामा बुद्धि भएको त्रिनगर नाका हेल्थ डेस्कले जनाएको छ । भारतबाट नेपाल आउने दैनिक चार सयको हाराहारीमा छन् भने भारत जानेको संख्या दैनिक १२ सयको हाराहारीमा रहेको त्रिनगर नाका हेल्थ डेस्क प्रमुख दिनेश ठकुल्लाले बताए ।

यसैबीच सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले सीमा क्षेत्रमा भारतबाट आउने तथा भारत जानेहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकार जनताप्रति उत्तरदायी नभएका कारण नै ज्यानको जोखिम मोलेर पनि नेपालीहरु भारत जान बाध्य भइरहेको आरोप लगाए ।

प्रदेश सभा सदस्य डिल्लीराज पन्तले भारतमा रोजगारीमा जानेहरुलाई स्वदेशमै रोजगारी दिने प्रदेश सरकारको घोषणा तथा कार्यक्रमले गौरिफन्टामा पुगेर गिज्याइरहेको बताए । (anumodankhabar.com बाट  साभार )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.