सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा करोडौं लगानीका दर्जनौं पुल वर्षौंदेखि अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशभित्र करोडौं लगानीका निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र परेका छन् । निर्माण सम्झौता गरिएका दर्जनौं पुल सम्झौता अनुरूप निर्माण नहुँदा वर्षेनि लागत बढ्दै गएको छ ।

कैलालीको कान्द्रा नदीमा पुल निर्माणका लागि २०६८ मा निर्माण सम्झौता भएको थियो । भजनी नगरपालिका ३, ५ र ७ वडाहरू जोड्ने उक्त पुलको प्रगति ४५ प्रतिशत मात्र देखिएको छ । ‘वर्षेनि म्याद मात्र थपिन्छ तर काम हुँदैन,’ स्थानीय विष्णु चौधरीले गुनासो पोखे । बिरुवा जेभीसँग निर्माण सम्झौता भएको सो पुलको प्रगति ९ वर्षमा ४५ प्रतिशत देखिएको छ । पुल निर्माणका लागि पुनः २०७७ माघ मसान्तसम्मका लागि म्याद थप गरिएको छ । रू. ४ करोड ४२ लाखमा ठेक्का सम्झौता गरिएको उक्त पुलको निर्माण अनिश्चित बनेको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।

प्राविधिक कारणले पुल निर्माणमा ढिलाइ भएको हुलाकी सडक डिभिजन कार्यालयका सूचना अधिकारी पदम मडैले बताए । हुलाकी सडक डिभिजन कार्यालयले लामा, साल्पा शेर्पा, बिरुवा जेभी कम्पनीसँग २०६८ मा नै पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै एलाइड एड्भेञ्चर कन्ष्ट्रक्शनले कैलाली र बैतडीमा ठेक्का पाएका चारओटा पुलको निर्माण अझै पूरा गर्न सकेको छैन । पटक पटक ती पुलको निर्माण सम्झौता थप्दै गए पनि निर्माणले पूर्णता पाउन सकेको छैन ।

Dirghayu Ads

धनगढी–कञ्चनपुर जोड्ने मोहना पुल ३ वर्षमा निर्माण गरिसक्नुपर्ने गरी २०७१ मा ठेक्का सम्झौता गरिएकोमा भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको छ । १०० मिटर लामो पुल निर्माणका लागि पुनः तेस्रोपटक म्याद थप गरिएको छ । रू. ८ करोडमा ठेक्का सम्झौता गरिएको उक्त पुल २०७७ माघ महीनासम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख अर्जुन बमले बताए ।

Sana Kishan

आर्थिक वर्ष २०७०र७१ मा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी एड्भेञ्चर कन्ष्ट्रक्शनसँग ठेक्का सम्झौता गरिएको बैतडीको सुर्नया पुलको भौतिक प्रगति २०७७ सम्म आइपुग्दा ३५ प्रतिशत मात्र पूरा भएको छ । तीनपटक म्याद थप गर्दा पनि पुल निर्माणले गति लिन नसकेको स्थानीयको गुनासो छ । रू. २ करोड ९३ लाख ६७ हजारमा निर्माण सम्झौता भएको पुल ५० मिटर लम्बाइको छ ।

त्यस्तै एड्भेञ्चरले नै ठेक्का पाएको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना पुल निर्माण ६ वर्षदेखि अलपत्र छ । एलाइड एड्भेन्चर जोइन्ट जेभीले कैलालीको लम्कीचुहा नगरपालिकास्थित पथरैया नदीमा निर्माणाधिन पुल पनि वर्षौंदेखि अलपत्र छ । ती पुल निर्माणका लागि १ वर्ष म्याद थप गर्दा पनि प्रगति २० प्रतिशत मात्र रहेको सडक डिभिजन कार्यालय धनगढीका इञ्जिनीयर लक्ष्मण जोशीले बताए ।

एड्भेञ्चर जेभी कन्ष्ट्रक्शनका नाममा ठेकेदार चन्द्रशेखर मल्लले सो पुल निर्माणका लागि २०७४ जेठमा २ वर्षभित्रै निर्माण सम्पन्न गर्नेगरी रू. ८ करोड १३ लाल ७३ हजार ७ सय १५ रुपैयाँमा ठेक्का सम्झौता गरेका थिए । तर प्रगति हालसम्म २० प्रतिशत मात्र देखिएको छ । ‘सो पुल निर्माणका लागि दोस्रोपटक थप गरिएको म्याद जेठ मसान्तमा सकिएको छ,’ इञ्जिनीयर जोशीले भने, ‘पुनः म्याद थप गरिएको छैन, अब कसरी अघि बढ्ने भन्ने विषयमा कार्यालयले सोचिरहेको छ ।’

त्यस्तै पप्पु एड्भेञ्चर जेभीको नाममा ठेक्का सम्झौता गरिएको धनगढी उपमहानगरपालिका–७ मा रहेको शिवगंगा पुल वर्षौंदेखि अलपत्र छ । २०७४ भएको सम्झौता अनुसार जेठ मसान्तमै पुल निर्माण गरिसक्नुपर्ने थियो, तर हुन सकेन ।

१५० मिटर लामो पुल निर्माणका लागि रू. १२ करोडमा निर्माण सम्झौता गरिएको थियो । पुल निर्माणको काम आधा पनि सम्पन्न हुन सकेको छैन । निर्माणका लागि ठेकेदार कम्पबनीलाई पटकपटक ताकेता गर्दा पनि गति लिन नसकेको इञ्जिनीयर जोशीले बताए ।

निर्माण कम्पनीले पुलको ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिले सुदूरपश्चिम प्रदेशमा दर्जनौं वर्षौंदेखि अलपत्र भएकोे अधिकारीहरू बताउँछन् । –आर्थिक अभियान

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.