सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शहीद भीमदत्तको ६८औँ स्मृति दिवस मनाईयो

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल कञ्चनपुरको आयोजनामा शनिबार ३६ वटा गाउ भूमिअधिकार मञ्चले किसान नेता भीमदत्त पन्त,तुलसीलाल अमात्य र बलदेव रामको तस्बीरमा फुलटिका लगाई माल्यापर्ण गरि श्रद्धाञ्जली दिदै उहाको सम्झनामा विभिन्न प्रजातिका फलफुल, घाँस लगायतका बोटविरुवा बृक्षरोपण गरी उनिहरुको जिवनी पढेर,सुनेर स्मृति दिवश मनाईएकोछ ।

भने नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हुँदा उहाँलाई सम्झने र सत्तामा गएपछि बिर्सने परिपाटीले गर्दा भूमिहीन लगायत उपेक्षित समुदायले अझै न्याय पाउन नसकेको भूमि अधिकारकर्मी रामबहादुर चुनाराले बताउनुभयो ।

यहाँका गरिबको हक अधिकार र व्यवस्थापन पूरा गर्ने सपना थियो, उहाँले भन्नुभयो, उहाँको बाटोमा हामी हिँडिरहने छौँ । भूमि अधिकार मञ्चले शनिबार ६० जिल्लामा विविध कार्यक्रम गरी सम्झिँदै मनाईएकोछ । भूमि अधिकार मञ्च कञ्चनपुरको संयोजकसमेत रहनुभएका चुनाराले कोरोना सङ्क्रमण कारण स्मृति दिवसमा औपचारिक कार्यक्रम गर्न नसकिएको बताउनुभयो ।
जीवनका धेरै कुराहरु अनिश्चित छन् तर मृत्यु निश्चित छ । मृत्युको कारण जीवनको महत्व भएको हो । यसअर्थमा मृत्यु स्वभाविक हो, यसलाई टार्न सकिदैन । मान्छेले जीवनमा गरेका कर्मका कारण मृत्युपछि पनि सम्झिरहने कारण बन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यसैले मान्छे कति लामो आयु बाँच्यो भन्नु भन्दा उसले बाँचुन्जेल कस्तो कर्म गर्यो भन्ने कुराले बिशेष महत्व राख्दछ । आफ्नो जीवनभर किसानहरुको अधिकारका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको मृत्युको मिति मिलेको छ । किसान हक हितका लागि संघर्ष गरेका भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामलाई साउन १७ गते बार्षिक तिथिमा उनीहरुलाई प्रत्येक बर्ष सम्झनु महत्वपूर्ण हुन्छ ।

Dirghayu Ads

सुदुरपरिश्चममा सामन्त बिरुद्ध ‘कित जोत हलो, कित छोड थलो, हैन भने अब छैन भलो’ क्रान्तिकारी नारासहितको किसान आन्दोलनको नेतृत्व भीमदत्त पन्तले गरेका थिए । जाली तमसुक च्यात्ने, जमिन्दारको भकारी फोर्ने,‘रे नै जी कहो’ आन्दोलनमा तुलसीलाल अमात्यले महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०६१ सालमा राष्ट्रिय भूमि अधिकार मञ्चको पहिलो सम्मेलनबाट बलदेव राम संस्थापक अध्यक्ष भएर भूमि तथा कृषि अधिकार आन्दोलनलाई देशभर फैलाउने, सिराहा र सप्तरीमा दलितमध्येको चमार समुदायले बाध्य भएर सिनो बहिष्कार आन्दोलन गरेका थिए ।

उनीहरुले भूमि तथा कृषि, गरिब किसानका अधिकार प्राप्तीका लागी आन्दोलनमा खेलेका महत्वपूर्ण योगदानलाई उजागर गर्न,े सम्झिन र सम्मान गर्न, उहाप्रतिको आस्था कायम राख्न र उनले किसानको पक्षमा गरेको कामलाई बहसमा ल्याउन, समाजमा हाल बिद्यमान समस्या हल गर्न, गराउन, प्रकृतीको संरक्षण र त्यसको उपयोग गरी सबैलाई गरिखान सक्न बनाउन संविधान अन्र्तगत रहेका व्यवस्था तथा नेपाल सरकारका निती,ऐन, कानुन कार्यान्वयन गर्न÷गराउन प्रत्येक बर्षको साउन १७ गते नियमित रुपमा २०६४ साल देखी राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, कञ्चनपुरको आयोजनामा स्मिृतीदिवस मनाउने गरेकोछ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.