सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा साढे ६ लाख बिरुवा उत्पादन गरि वितरण गरिदैँ

महेन्द्रनगर ६ साउन कञ्चनपुरमा ६ लाख ४२ हजार बिरुवा उत्पादन गरिएको छ । वन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७६/७७ मा उक्त बिरुवा उत्पादन गरिएको हो । वृक्षारोपण गरी वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वन कार्यालयले नर्सरी तयार गरी विभिन्न प्रजातिका बिरुवा ६ लाख ४२ हजार उत्पादन गरिएको डिविजन वन कार्यालयका सुचना अधिकारी शिवराज अवस्थीले बताए ।

उनका अनुसार वन कार्यालयसँगै अन्य सव डिविजन कार्यालय अन्र्तगतका नर्सरीमा सिसौ, लिप्टीस, टिक, कोइराला, बकाइनो, सितलचिनी, अम्बा, कागती, अशोक, विजयसाललगायतका प्रजातिका बिरुवा उत्पादन गरिएको हो ।
सामुदायिक वन, निजी जग्गा, राष्ट्रिय वन र सार्वजनिक क्षेत्रमा वृक्षारोपणका लागि बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीको भनाई छ ।

Sana Kishan


डिभिजन वन कार्यालयका अनुसार नर्सरीमा २ लाख ३२ हजार, सव डिभिजन वन कार्यालय ब्रह्मदेवमा ८० हजार, डिभिजन वन कार्यालय शुक्लाफाँटामा ४० हजार, डिभिजन वन कार्यालय बाणीमा ८० हजार, डिभिजन वन कार्यालय पिपरैयामा ५० हजार, डिभिजन वन कार्यालय लालझाडीमा ७० हजार र डिभिजन वन कार्यालय कुण्डामा ९० हजार बिरुवा उत्पादन गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

संघीय सरकार र प्रदेश सरकारको सहयोगमा बिरुवा उत्पादन गरिएको हो । १ बिरुवा उत्पादन गर्न वन कार्यालयको ९ रुपैयाँ खर्च गरेको छ ।

Dirghayu Ads


उत्पादन गरिएका बिरुवा साउन १ गतेबाट वितरण सुरु गरेको सुचना अधिकारी अवस्थीले बताए । राष्ट्रिय वन, सामुदायिक वनको पैदावारले बढ्दो जनसंख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले निजी क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति लिइएको सूचना अधिकारी अवस्थीको भनाई छ । ‘बिरुवा हुर्काएर सर्वसाधारणले थोरै मेहनतमा बढी प्रतिफल पाउने भएकाले पनि बिरुवा रोप्नका लागि सर्वसाधारणको सहभागिता बढाउनु जरुरी छ,’ उनले भने,‘वृक्षारोपणको कार्यले वन विनास रोकी वातावरणीय सन्तुलन कार्यम गर्न, जैविक विविधताको संरक्षण गर्न र जलवायु परिवर्तनको असर कम गर्न मद्दत गर्छ ।’ गत वर्ष डिभिजन वन कार्यालय कञ्चनपुरले ७ लाख ५० हजार बिरुवा उत्पादन गरेर वितरण गरेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.