सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अन्तर्राष्ट्रिय उडानको तयारी भदौ १ बाट

कोरोना भाइरसले विश्वको अर्थतन्त्र थलिदा नेपालको अवस्थामा पनि उही छ ।

अझ सबैभन्दा ठूलो असर यस्ले पर्यटन क्षेत्रलाई पनि पारेको छ । नेपालले भिजिट नेपाल ट्वान्टी ट्वान्टी जस्तो २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनाको ढोकामा पुगेर फर्कनु परेको पीडामा छ ।

नेपालले भोग्नु परेको यो क्षति अकल्पनीय छदैछ । तर नेपालको समग्र पर्यटन क्षेत्रलाई उठाउन सरकारले बजेटदेखि मौद्रिक नीतिसम्मका पानाहरुमा मेहनत गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसैक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले मारमा परेको पर्यटन उद्योगलाई नयाँ ढंगले चलायमान गराउने तयारी सरकारले थालिसकेको बताउनु भएको छ । उहाँले यही क्रममा सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

Dirghayu Ads

कोरोना संक्रमण फैलिन थालेपछि बन्द गरिएका आन्तरिक उडान साउन २१ गते देखि सञ्चालनमा ल्याउने र अन्तर्राष्ट्रिय उडान भदौ १ गतेबाटै सुरु गर्ने सरकारको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले मन्त्रिपरिषदमा साउन १५ गतेदेखि होटेलहरु खोल्ने र भदौ १ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको प्रस्ताव गरेको जानकारी दिनुभएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.