सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा नेपाल दशनामी समाज गठन

महेन्द्रनगर, ४ फागुन –कञ्चनपुरमा नेपाल दशनामी समाज गठन गरिएको छ। शनिबार महेन्द्रनगरमा आयोजना गरिएको जिल्ला स्तरीय भेलाबाट दशनामी समाज कञ्चनपुर गठन गरिएको हो।

भेलाबाट समाजको अध्यक्षमा कञ्चन विद्या मन्दीरका पुर्व प्रिन्सीपल एवं शिक्षक कृष्ण गिरी चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा कमला गिरी र मित्रराज पुरी चयन भएका छन्।

त्यस्तै सचिवमा फारवेष्ट टाईम्सका सम्पादक दशरथ भारती, सहसचिव कल्पना गिरी, कोषाध्यक्षमा सुरेश गिरी निर्वाचित भए। समाजको सदस्यहरुमा महदेव भारती, चेतराज भारती, गणेश गिरी, शिवभत्त वन, दशरथ भारती, हरि गिरी, हर्कराज गिरी, कुम्भ गिरी र जानकी गिरी रहेका छन्।

त्यस्तै भेलाबाट जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष एवं समाजसेवी गंगाराम गिरीको संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ। नवनिर्वाचित अध्यक्ष गिरीले संस्थाको उद्देश्य प्राप्तिका लागि सक्दो योगदान दिने प्रतिबद्धता जनाए। संस्थागत एकतासँगै विभिन्न समाजिक सेवामा दशनामी समाजलाई अग्रसर गराउने उनको भनाई छ।

Mahakali Polytechnic

त्यस्तै दशनामी समाज सुदूरपश्चिम प्रदेशकी उपाध्यक्ष भारतीले नयाँ कार्य समितिलाई बधाई दिंदै आउँदो शनिबार समाजको युवा र महिला संगठन गठन गरिने बताईन्।

World Link Ads

दशनामी समाजअन्तर्गत गिरी, पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, अरण्य, आश्रम र तीर्थ गरी दश वटा जातजाति समावेश रहेका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.