प्रकृति हो आशा निराशा बोकेर बाचेको हुन्छ
मान्छे उत्साह अभिलाषा बोकेर बाचेको हुन्छ
जिन्दगी जिउने आआफ्नै कला छन् सबैका
कोहि बुद्ध कोहि दुर्वासा बोकेर बाचेको हुन्छ
चेतना भनेकै एउटा जीवन जिउने कला हो
मदहोस आफ्नो तमासा बोकेर बचेको हुन्छ
सकुनीहरू चिनेपछि के गुनासो गर्नु व्यर्थमा
उसको पहिचन हो पासा बोकेर बाचेको हुन्छ
मृत्युबोध भएपछि जिन्दगी बुझ्नेलाई के था
जिन्दगी बेग्लै परिभाषा बोकेर बाचेको हुन्छ
हारेको दिन मर्छ बाचुञ्जेल लडिरहन्छ ऊ
दुनियाँमा मान्छे आशा बोकेर बाचेको हुन्छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post