Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त -१३ मा ऐलानी जग्गा नाप जाँच सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १४, २०८२
कञ्चनपुरको भीमदत्त -१३ मा ऐलानी जग्गा नाप जाँच सुरु
0
SHARES
505
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – भीमदत्त नगरपालिका वडा नम्बर १३ मा ऐलानी जग्गा नाप जाँचको कार्य मङ्गलवार देखी सुरु भएको छ। वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास)ले वडाको दक्षिणी भेग हात्तीसारबाट नाप जाँच सुरु गरिएको जानकारी दिए। यो कार्यले वर्षौँदेखि भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई जमिनको मालिक बनाउने लक्ष्य राखिएको छ।

वडाध्यक्ष झक्कासले भने, “मेयर पदम बोगटीको निर्देशनअनुसार हामीले अव्यवस्थित बसोबासीको जमिन नाप जाँच सुरु गरेका छौँ। पहिलो चरणमा अव्यवस्थित बसोबासीको जमिन नाप्छौँ, त्यसपछि भूमिहीन दलित र सुकुमबासीका लागि जमिन खोज्ने छौँ।” उनले चुनावी प्रतिबद्धताअनुसार जनतालाई जमिनको स्वामित्व दिलाउने सङ्कल्प व्यक्त गरे। छुटेका व्यक्तिहरूलाई समावेश गर्न भूमि समस्या समाधान आयोगसँग छलफल गरिने उनले बताए।

वडा सचिव हर्क बहादुर धामीका अनुसार, यसअघि भूमिहीन दलिततर्फ १३, सुकुमबासीतर्फ ३ र अव्यवस्थित बसोबासीतर्फ ३१८ जनाले फारम भरेका छन्। नाप जाँच सुरु भएसँगै जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरणको प्रक्रिया आयोगमार्फत अघि बढ्ने उनले बताए।

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले वडा नम्बर १३ लाई भूमिसम्बन्धी समस्या समाधानमा अग्रसर हुन जोड दिए। आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालले देशभर जमिन नाप जाँच र लालपुर्जा वितरणको काम तीव्र गतिमा अघि बढिरहेको बताए।

भीनपाका मेयर पदम बोगटीले नगरका सबै वडामा भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जमिनको मालिक बनाउने प्रतिबद्धता दोहोर्‍याए। उनले सबै वडा र जिम्मेवार निकायलाई यसतर्फ गम्भीर भएर लाग्न निर्देशन दिएका छन्।

यसअघि कञ्चनपुरका दोधारा-चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरीमा लालपुर्जा वितरण गरिएको थियो। हात्तीसारबाट सुरु भएको नाप जाँचले वडा १३ का भूमिहीन जनतामा जमिनको मालिक बन्ने आशा पलाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३
मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

भदौ १०, २०८३
परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

भदौ १०, २०८३
प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व