Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३१, २०८२
एसएसबीद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर निर्माणमा अवरोध
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका एक नेपाली नागरिकको घर निर्माणमा अवरोध गरेको छ। एसएसबीले दशगजा क्षेत्रमा पर्ने दाबी गर्दै दोधारा चाँदनी नगरपालिका–१, पशुपति टोलका लक्ष्मण सुनारको घर बनाउन रोक लगाएको हो।

घरधनी लक्ष्मण सुनारका अनुसार तीन दिनअघि निर्माणस्थलमा पुगेको एसएसबी टोलीले यो क्षेत्र दशगजा भएको र यहाँ घर बनाएमा पछि भत्काउनुपर्ने भन्दै दबाब दिएको थियो। सुनारले गत वर्ष भोजराज अवस्थीसँग १० धुर जमिन खरिद गरी घर निर्माण सुरु गरेको बताए। उनले जग्गाको लालपुर्जा हुँदाहुँदै पनि भारतीय पक्षबाट अवरोध हुनु दुःखद भएको गुनासो गरे। एसएसबीको अवरोधपछि सुनारले घरको जग खनेर काम रोकेका छन्।

स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा २०२३ सालदेखि नै नेपाली नागरिकको बसोबास रहेको छ। यसअघि पनि कञ्चनपुरका सीमावर्ती क्षेत्रमा एसएसबीले नेपाली नागरिकलाई घर बनाउन अवरोध गर्दै आएको थियो, जसको स्थानीय स्तरमा विरोध हुँदै आएको छ।

दोधाराचाँदनी–१ का वडाध्यक्ष विक्रम चन्दले नेपाली नागरिक लक्ष्मण दमाईको घर निर्माणमा एसएसबीले गरेको अवरोधबारे नगर प्रमुख किशोरकुमार लिम्बुलाई जानकारी गराएको बताए। उनले भने, ‘तीन दिनअघि एसएसबी आएर घर निर्माणस्थल दशगजामा पर्ने भन्दै दुई हात पर बनाउन आग्रह गरेको देखियो। उक्त स्थानमा स्पष्ट नापजाँच हुनुपर्ने देखिन्छ। नेपाली दर्तावाला जमिन कहाँसम्म हो र दशगजा कहाँबाट पर्छ भन्ने एकिन हुन जरुरी छ।’

कञ्चनपुर सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले भने लक्ष्मण सुनारले घर निर्माण गर्न लागेको जग्गा दशगजामै पर्ने जनाएको छ। सशस्त्र प्रहरीका अनुसार सुनारले आफ्नो दर्ता भएको जग्गा छाडेर दशगजातिर घर बनाउन खोजेपछि एसएसबीले रोकेको देखिएको छ। यस विषयमा सरोकारवालाहरूसँग संयुक्त छलफल गरी विवाद निरूपण गरिने सशस्त्र प्रहरीले जनाएको छ।

यद्यपि, सुनारको घर दशगजामा पर्ने भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली सुरक्षा बल सशस्त्र प्रहरीसँग समन्वय गर्नुको सट्टा सिधै अवरोध गरेको भन्दै स्थानीयस्तरमा भारतीय पक्षले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको आरोप लागेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)
मुख्य समाचार

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

असार २०, २०८३
मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?
मुख्य समाचार

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
फ्ल्यास हेडिङ

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

असार १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

साउन ८, २०८३
सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल

फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत छलफल

साउन ८, २०८३
बिजुली बिलमा भ्याट विवाद, प्राधिकरणको स्पष्टीकरण– ‘उपभोक्ताको बुझाइमा फरक पर्‍यो’

बिजुली बिलमा भ्याट विवाद, प्राधिकरणको स्पष्टीकरण– ‘उपभोक्ताको बुझाइमा फरक पर्‍यो’

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व