डडेल्धुरा । नेपाल निजामती कर्मचारी सङ्गठन डडेल्धुराको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। शुक्रवार डडेल्धुरा जिल्लाको १२ औं अधिवेशन सम्पन्न गरिएको नेपाल निजामती कर्मचारी सङ्गठन सुदूरपश्चिम प्रदेशका महासचिव महादेव जोशीले जानकारी दिएका छन्।
१२ औं जिल्ला अधिवेशनबाट डडेल्धुरा जिल्लाको अध्यक्षमा पुन: ललित केसी चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा पार्वती जोशी, सचिवमा बिरेन्द्र भुल, सह-सचिवमा गौतम कुमार शाही, कोषाध्यक्षमा जगदीश प्रसाद तिवारी र सदस्यमा भीम बहादुर सार्की, गगन बहादुर पाल, दिजराज ओझा चयन भएका छन्।
अछाम, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर र बाजुरामा भोलि १२ गते शनिवार जिल्ला अधिवेशन हुने महासचिव जोशीले जानकारी दिएका छन्। त्यसैगरी दार्चुला र डोटी जिल्लाको अधिवेशन माघ १५ गते सम्पन्न गरिने र सुदूरपश्चिम प्रदेशको अधिवेशन माघ १७ गते कञ्चनपुरमा हुने महासचिव जोशीले बताएका छन्।
महासचिव जोशीका अनुसार सङ्गठनको जिल्ला अधिवेशन माघ १५ भित्र, प्रदेश अधिवेशन १७ देखि २२ र केन्द्रीय अधिवेशन माघ ३० र फागुन १ गते काठमाडौँमा सम्पन्न गर्ने कार्यक्रम रहेको छ। नेपाल निजामती कर्मचारी सङ्गठनले निजामती कर्मचारीहरूको हक हितका लागी निरन्तर कार्य गर्दै आइरहेको छ।









Discussion about this post