Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एउटा शिक्षकको कमाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २७, २०८१
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

मानिसको नाम कि त योगदान ले चर्चामा आउछ कि त बदनाम ले चर्चामा आउछ । योगदानले चर्चामा रहने मानिसहरु आफू सुवासित मात्र भएका हुदैनन, आफ्नो वरीपरिको वातावरण र सिंगो समाजलाई नै सुवासित बनाएका हुन्छन । यस्तै योगदानले चर्चामा रहने कमै मात्र नामहरु मध्ये एक हुन बैतडीको तल्लो स्वराड स्थित श्री नागार्जुन उच्च मा वि शर्मालीका निवर्तमान प्रधानाध्यापक महामल सिंह साउद ।

एउटै विद्यालयमा झण्डै ४२ बर्ष भन्दा बढी (४२ बर्ष ४ महिना १२ दिन ) सक्रिय शिक्षण सेवा र ३० बर्ष भन्दा बढी (३० बर्ष ३ महिना ८ दिन) सोही विद्यालयमा प्रधानाध्यापकको भूमिका सफलतापूर्वक निर्वाह पछि उक्त क्षेत्रकै एक मात्र माध्यमिक तह प्रथम श्रेणीका शिक्षक साउद गत पुस २१ गते देखि सेवा निवृत भएका छन् । २०३९ सालमा तल्लो स्वराड क्षेत्रको तत्कालीन एउटा मात्र मा वि श्री मणिलेक मा वि केसरपुर कांडा मेलौलीवाट एस एल सी उत्तीर्ण गरेपछि २०३९ साल भदौ ५ गते देखि श्री नागार्जुन मा वि शर्मालीमा प्राथमिक तह को शिक्षक का रुपमा शिक्षण सेवा शुरू गरेर सरकारी सेवा प्रवेश गरेका साउद त्यसपछि अध्ययन र अध्यापनलाई संगसंगै अगाडि बढाउदै सिद्दनाथ साइंस क्याम्पस महेन्द्रनगर कंचनपुर बाट आइ एस सी पूरा गरी बि ए, बि एड हुदै अर्थशास्त्रमा स्नातकोत्तर तह सम्मको उच्च शिक्षा अध्ययन पूरा गर्नु भएको छ ।

बैतडी जिल्ला कै दुर्गम क्षेत्र शिबनाथ गाउँ पालिका -१ बछलामा न्युन किसान परिवारमा जन्मेका साउद सानै देखि अध्ययनशील र लगनशील हुनुहुन्थ्यो। तत्कालीन अवस्थामा थुप्रै अभाव र अप्ठेराहरुलाई चिर्दै उहाले पढ्नु भएको कुरा उहाका छिमेकीहरु बताउछन । घरको जेठो छोरा र सानै देखि थपिएको पारिवारिक जिम्मेवारीका बीच जागीर र अध्ययन संगसंगै पारिवारिक जिम्मेवारी पनि उहा कै काँधमा थियो । स्कुल पढ़ने बेलामा त्यति बेला कापी किताबको खर्च र विद्यालयको सामान्य शुल्क समेत तिर्न गार्हो भएर बुबाले अब म पढाउन सक्दिन भन्नु भएको र आफूले पढ्छु भनेर जिद्दी गरेपछि घर परिवार र बिशेष गरी कान्छा काकाले आड भरोसा दिएर सहयोग गरेको साउद बताउछन ।

यस अवसर मा आज को यो दिन सम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने घर परिवार, गाउँ समाज र बिशेष गरी आदरणीय स्वर्गीय बुबा अनि काका र नागार्जुन मा वि शर्मालीका पूर्व प्रधानाध्यापक स्वर्गीय जयराज जोशी ज्यू लाई संझन चाहन्छु, साउदले भन्नुभयो । प्यारा बिद्यार्थी भाई बहिनीहरु, शिक्षक कर्मचारी साथीहरू आज विद्यालयमा मेरो सेवा अबधिको अंतिम दिन हो । भोलि देखि म तपाईहरु माझ हुने छैन, गत पुस १९ गते शुक्रबार को अंतिम प्रार्थना सभालाई सम्बोधन गर्दै गर्दा भावुक भएका प्रधानाध्यापक साउदको बोली सुनेर सबै भावुक भएका थिए ।

लामो समय सम्म विद्यालयको प्रमुख जिम्मेवारी सम्हालेका पूर्व प्रधानाध्यापक साउद को सम्मानमा विद्यालयले गत पुस २३ गते बिशेष बिदाई समारोहको आयोजना गरी साउदलाई बिदाई गरेको थियो । शिक्षा, समाज र संस्कार समयानुकूल र समाज सापेक्ष हुनुपर्छ, सामाजको बिकास र भलाई बिरुद्द का बिद्यमान छुवाछूत, जात भात, छाउपडी प्रथा, अंधविस्वास र कुसंस्कार लगायत धामी झाक्री, जातीय, लैंगिक तथा सामाजिक भेदभावहरुमा समय सापेक्ष सुधार हुनुपर्छ भन्दै आवाज उठाउदै आएका साउदले सामुदायिक क्षेत्रमा रहेका विभिन्न अन्धविश्वास, रुढीवादी र कु-संस्कारका विरुद्धमा समेत सचेतना फैलाउदै सामाजिक रुपान्तरण तथा समाज विकासका निम्ति पनि उहाको महत्वपूर्ण भूमिका रहेको छ ।

जीवनका कठिन मोडहरुमा एक्लै संघर्ष गरेका साउद श्री नागार्जुन मा वि शर्मालीमा प्रधानाध्यापक हुदाका बखत २०५१ सालमा विद्यालय भवन जस्ता पाता र ढुंगाको छाना मुनि रहेको थियो । त्यतिबेला शैक्षिक राजनैतिक अस्थिरता र संक्रमणकालबाट गुज्रिरहेको विद्यालयले शुरुवाती चरणमा एस एल सी परीक्षामा मा आशातीत शैक्षिक परिणाम ल्याउन सकेन । अर्को तिर नवनियुक्त प्रधानाध्यापक महामल सिंह साउदलाई हटाउन त्यति बेला का केही धमीलो पानीमा माछा मार्न खोज्नेहरुले जोडबल लगाएका थिए । उनीहरुको बोलबाला का बीच गाउँ, समाज, शिक्षक, विद्यार्थी जो कोही पनि बोल्न डराउथ्यो ।

तर पनि विद्यालयको शैक्षिक र प्रशासनिक विकास र प्रगति का निम्ति साउद एक्लै डटेर अगाडि बढ़ी रहे । माओवादी द्वंदकालमा कयौं शिक्षकहरु बिस्तापित भए । धेरैले सुगम ठाउमा सेवा स्थानान्तरित गरे, तर थुप्रै दबाब र अप्ठ्याराहरुका बाबजुद पनि उहाले अबिचलित आफ्नो सेवा र समाजको बिकासका लागि आफ्नै गाउँको विद्यालय छोड्नु भएन, स्थानीय साउदका शुभ चिन्तकहरु बताउनुहुन्छ । साउदले प्रधानाध्यापक को जिम्मेवारी लिएपछि सुरुवाती दिनहरु केही संघर्षपूर्ण रहे पनि विद्यालयले केही समय पछि नै गति लिन थाल्यो । तत्कालीन अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर देखाउने सूचकांक एस एल सी परीक्षा को परिणाम शत प्रतिशत सहित बैतडी जिल्ला मै उत्कृष्ट आउन थाल्यो ।

साउदकै नेतृत्व मा अहिले विद्यालय ले भौतिक, आर्थिक एवं शैक्षिक रुपमा प्रगति गरेको छ । विद्यालयको प्रशासनिक प्रमुख को भूमिकामा आउदै गर्दा को बखत जस्ता को छाना मुनि रहेको विद्यालयले अहिले आधुनिक सुबिधा सम्पन्न भवनहरु पाएको छ । उहा कै प्रयासमा विद्यालय अहिले उच्च मा वि हुदै स्थानीय स्तर मै उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि सोही ठाउमा त्रिभुवन विस्व विद्यालय बाट संबंधन प्राप्त शिबनाथ क्याम्पसबाट स्नातक सम्म को पढाई सुरू भएको छ । विद्यालयमा अहिले प्राविधिक धार तर्फ कृषि तथा वाली विज्ञान विषयको कक्षा ९ देखि कक्षा १२ सम्म पढाई संचालनमा छ । यसै गरी विद्यालयमा छुट्टै कम्युटर ल्याब स्थापना, पुस्तकालय स्थापना, नया छात्रवास भवनको स्थापना लगायत थुप्रै कुराहरुमा विद्यालयले अहिले प्रगति गरेको छ । साउद कै सक्रियातामा केही समय पहिला देश बिदेश मा रहेका सोही विद्यालयका पुर्व विद्यार्थीहरुको करीब १८ लाख आर्थिक सहयोगमा विद्यालयमा दुई कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो ।

उहाले पढाउनुभएका थुप्रै विद्यार्थीहरु अहिले देश बिदेशमा उच्च ओहोदामा पुगेर प्रगति गरेका छन । एउटा शिक्षक को खुशी आफ्ना विद्यार्थीहरु जूनसुकै क्षेत्रमा प्रगति गरेको र उच्च ओहोदामा पुगेको देख्नु हो, एउटा शिक्षक को स्वार्थ आफ्ना विद्यार्थीहरुको उन्नति प्रगति र उनीहरुको उज्ज्वल भबिष्य हो । सोही क्रममा आफ्नो सेवा कालीन अवधिमा तीता मीठा बचन र व्यवहारहरु, तपाईहरुको उन्नति प्रगति र उज्ज्वल भबिष्यका लागि थिए, यो समाज को उज्ज्वल भबिष्यका लागि थिए, जान अन्जानमा भएका गल्ती कमजोरिका निम्ति क्षमा चाहन्छु, साउद ले सामाजिक संजाल मार्फत आफ्ना विद्यार्थीहरुलाई भन्नु भयो ।
विद्यालयले आफ्ना प्रधानाध्यापक साउद को सम्मानमा भव्य कार्यक्रम को आयोजना गरी बिदाई गरेको थियो । कार्यक्रम मा प्रमुख अथिति नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, शिक्षक, कर्मचारी, विद्यार्थी, गाउँ पालिका अध्यक्ष कर्ण सिंह साउद, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघसंस्था, बुद्दिजीबी, राजनीतिकर्मी, शुभ चिन्तक तथा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु लगायत स्थानियाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

साउदको बिदाई पछि अहिले उहालाई सम्झिने र सेवा निवृत जीवन को शुभ कामना दिनुहुने शुभ चिन्तकहरुको सामाजिक संजाल रँगिएको छ । उहालाई सेवा निवृत जीवन को शुभ कामना दिदै यति ठूलो र भव्य बिदाई हुने सेवा निवृत शिक्षक बैतडी जिल्लामा सायदै हुनुपर्छ । उहाले बैतडी जिल्लाको शैक्षिक विकासका साथै समाज रुपान्तरणका लागि सामाजिक सचेतना फैलाउने एकलव्य अभियन्ताको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । दाप्चा मा वि काभ्रे का प्रधानाध्यापक लोकेन्द्र घटाल ले भन्नु भयो ।

यस्तै लामो समय शिक्षण पेसामा संलग्न रहि शैक्षिक विकासका साथै समाज रुपान्तरणका लागि शैक्षिक, सामाजिक सचेतना फैलाउने अभियन्ताको भुमिका निर्वाह गर्दै सादा जिवन उच्च विचारका धनी सबै का प्रेरणा का स्रोत पुर्व प्रधानाध्यापक महमल सिंह साउद लाई उहाको सुखद सेवा निवृत जीवनको कामना गर्दै उहाका थुप्रै शुभ चिन्तक र स्थानीय जनताहरुले साउदलाई सक्रिय शिक्षण पेशाबाट अवकाश लिए पनि सक्रिय शैक्षिक एवं सामाजिक जीवन बाट अवकाश लिने समय भै नसकेको र उहाको सक्रिय सामाजिक भूमिका र उहाको विज्ञता यो समाज ले अझै खोजिरहेकोले साउदलाई सक्रिय सामाजिक जीवनबाट आराम गर्ने छूट नभएको कुरा गरेका छन ।

खेम सिंह साउद
शिबनाथ बैतडी

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व