यस्तो पनि जीन्दगीमा आउँदो रैछ मोड ।
पल भरको मिलन यहाँ, जूनीको बिछोड ।।
हाँसी-खुसी रमाउँ भन्दा, आँसुको सिरानो।
जलाई साँच्चै आफ्नै सम्झे, भै दियो बिरानो।।
टुक्रिएको जीन्दगी यो, फेरी कोई न तोड।
यस्तो पनि………………………………..।।
आफ्नै बाग आफ्नै फूल, सम्झेर सिंचियो।
साँइनो गाँस्ने कोमल मुटु, बेस्सरी किचियो ।।
फगत्का यी टुट्ने नाता, व्यर्थैमा न जोड।
यस्तो पनि……………………………… ।।
एकै छिनको हाँसो मात्रै, जीवन भर रुनुछ ।
अनमोल जीन्दगीले, खरानी हुनुछ।।
फुटेको सिसाझैं दिल यो, फेरी कोई न फोड।
यस्तो पनि……………………………… ।।
आँधी-हुरी घाम-पानी यहाँ, अनगिन्ती सहियो।
दिलका सारा दुःख पीडा, कसैलाई न कहियो।।
टुट्छ जति सम्हालेनी, आँखिर जीवन डोर।
यस्तो पनि………………………………।।
कैले हावा सरी यो मन, कैले साउने भेल।
कसैलाई केही थाहा छैन, भगवान्को यो खेल।
वैशमा हे दैब ! जीवनलीला, कसैको न टोड।
यस्तो पनि………………………………।।
सुख-दुःख, दिन-रात, नै त जोवन थिर।
यो जीवन्को परम सत्य, “मृत्यु” नै आँखिर।।
अति प्यारो यो देह सँग, भै दिन्छ बिछोड ।
यस्तो पनि जीन्दगीमा आउँदो रैछ मोड ।
पल भरको मिलन यँहा, जूनीको बिछोड ।।
प्रेम सिंह बिष्ट
दशरथ चन्द नगरपालिका -१०, बैतडी।









Discussion about this post