Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली नदीको नमूना झोलुङ्गे पुल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १५, २०८१
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

राजेन्द्र बहादुर चन्द, कञ्चनपुर । प्रायः जसो उहिले उहिले लोकसेवा आयोगको परिक्षामा र विभिन्न ठाउँकाे हाजिरजवाफ प्रतियोगितामा सोधिने एउटा प्रश्न थियो, नेपालको टापु भनेर चिनिने ठाउँ कुन हाे ? भनेर, जसको सही उत्तर मानिने गरिन्थ्यो सुदूरपश्चिमको प्रदेशको कञ्चनपुर जिल्लामा रहेको महाकाली नदि पारिका तत्कालीन दुई गाउँ विकास समिति दोधारा र चाँदनी । जुन साँच्चिकै टापु बनेर बसेको भु भाग हाे। जसलाई महाकाली नदि र जोगबुढा नदिले घेरेर राखेको छ।

त्यही टापु भनेर चिनिने दोधाराचाँदनी गाविस हालका दिनमा दोधाराचाँदनी नगरपालिका बनेको छ। उक्त नगरपालिकामा बसोबास गर्ने अधिकांश जनताको सम्पूर्ण काराेबार (सरकारी कामकाज बाहेककाे) सबै जसो छिमेकी राष्ट्र भारतको निकटवर्ती शहर वनबासा, खटीमा तिर हुने गर्थ्यो र दोधारा चाँदनीमा स्थानीय स्तरमा समेत भारतीय रुपँयामा कारोबार हुने गर्दथ्यो, त्यो किन त भन्दा दोधाराचाँदनीको प्रत्यक्ष सम्पर्क कञ्चनपुरको जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग थिएन, कारण हो महाकाली नदिमा पुल नहुनु।

सरकारी कामकाजका लागि महेन्द्रनगर आउनु पर्दा भारतीय भूमि प्रयोग गरेर वनबासा पुल हुँदै गड्डाचौकी नाका भएर महेन्द्रनगर पुग्नुपर्ने बाध्यता रहेको  थियाे। जहाँ एउटा सानो कामका लागि पनि दोधाराचाँदनी बासीले पूरा दिन खर्चिनु पर्ने बाध्यता थियाे।

समयले काेेल्टे फेर्याे, करिव दुई दशक अगाडि मात्रै नेपाली इन्जिनियरहरूकाे टेलीले एउटा झोलुङ्गे पुलको डिजाइन गरे, जुन मल्टि स्पान सस्पेन्सन ब्रिजका रुपमा। जुन ब्रिजले केवल दोधाराचाँदनी वासीलाई कञ्चनपुर जिल्लाको सदरमुकामसँग मात्रै जोड्ने काम गरेन कि यस क्षेत्रमा एउटा पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य नै बनेर उभिएको छ।

संसारमा यस्ता ब्रिजहरू थोरै मात्रै छन्, ती मध्ये महाकालीको झोलुङ्गे पुल आफैमा एउटा नमुना मात्रै नभई एशियाकै लामो झोलुङ्गे पुलका रुपमा परिचित हुन गएको छ । जुन पुल अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटककाे घुईँचाे लाग्ने गर्दछ। पुलकाे लम्बाइ करिब डेढ किलोमिटर रहेको छ भने हेर्नका लागि पनि निकै सुन्दर र आकर्षक देखिने गर्दछ। अझै त्यस ठाउँबाट बिहानको सुर्याेदय र साझँकाे सुर्यास्तकाे समयमा फाेटाे खिच्नेकाे भिड झनै बाक्लाेे रहने गर्दछ।

झोलुङ्गे पुल मात्रै बनेर दाेधाराचाँँदनि लाई महेन्द्रनगर सँग नजाेडेर दाेधाराचाँदनिका व्यापारीले नेपालकै बजार बाट सामान लगेेर व्यापार गर्न थाले, फलस्वरूप दाेधाराचाँदनिमा नेपाली रुपियामा कारोबार हुन थाल्याे। तर उक्त झाेलुङ्गे पुलमा क्षमता भन्दा बढि भार बाेकेका बाईक साईकल आदिकाे कारणले पुलका नटबाेल्ट फुस्किने, बिचमा रहेका फलाम भाचिने , दायाँबायाँ तर्फकाे जालि चुडालिने काम भएको देखिन्छ । यस्तो नमुुना पुलको पुर्ण रुपमा दुबै नगरपालिका भिमदत्तनगरपालिका र दोधाराचाँदनी नगरपालिका मिलेर मर्मत सम्भार गरेर रंगिबिरङ्गि लाईट द्वारा सजाउने र अझै आकर्षक बनाउनेतर्फ लाग्नुपर्ने देखिन्छ ।

महाकालीमा फाेर लेनकाे पक्की पुल सन्चालनमा आई सकेकाे हुदा झोलुङ्गे पुलबाट गरिने( बाईक, साईकल मा सामान सहितकाे) ओहाेरदाेहाेर लाई पुर्ण रुपमा बन्द गरेर पुललाई केवल पर्यटकीय गन्तव्यका रुपमा संरक्षण गर्दै दुबै नगरपालिकाले यसबाट लाभ लिनुपर्छ ।

महाकालीमा बनेको झाेेलुङ्गे पुल संगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न, वेदकाेट ताल, झिलमिला ताल, भम्केनि धाम, बिष्णु मन्दिर, शिव मन्दिर, प्राचीन सिद्धबाबा मन्दिरकाे दर्शनका लागि आउने पर्यटकका लागि महेन्द्रनगर बजार सहितका क्षेत्रमा केहि स्तरिय हाेटेलहरु रहेका छन,, तर यति मात्रै प्रयाप्त हाेईनन। यस्ता स्तरिय हाेटेल लगाएतका क्षेत्रमा अझै लगानी भित्र्याउ नका लागि नेपाल सरकारले विशेष सुबिधा दिने गरि निजि लगानी लाई यस क्षेत्रमा आउनका लागि मार्ग प्रसस्त गरिदिनुपर्छ । निजि क्षेत्रमा लगानी बढ्ने बित्तिकै बेरोजगारी कम हुने कुरामा दुईमत छैन।

साथै महेन्द्रनगरमा पुनः निर्माण भईरहेकाे मझगाउ बिमानस्थलकाे संचालन संगै यस ठाउँकाे पर्यापर्यटनमा उल्लेखनीय सुधार देखिनेछ। जुन समग्र कञ्चनपुर जिल्ला र सुदुरपशश्चिम प्रदेशका लागि नै सुखद पक्ष रहने छ। यसका लागि स्थानीय सरकार सराेकावाला सबै लाग्नुपर्ने र जाग्नु पर्ने देखिन्छ ।

(लेखक चन्द मझगाउँ विमानस्थल पुनः सञ्चालन समितका सचिव तथा हाम्रो शुक्लाफाँटा अभियानका अभियन्ता हुन् ) 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
विचार/ब्लग

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
विचार/ब्लग

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम

अशोज ६, २०८३
प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

अशोज ६, २०८३
जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व