सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न, ३४५ जनाले लिए सेवा

कञ्चनपुर । पुनर्वासमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम सम्भाग, पुनर्वास नगर समितिले शनिबार एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो। 

पुनर्वास नगरपालिका -३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा शिविर आयोजना गरिएको थियो। एकदिने निःशुल्क आँखा शिविरमा ३४२ जनाले सेवा लिएको विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरका सचिव विशाल सोनारले जानकारी दिएका छन्। 

Mahakali Polytechnic

शिविरमा स्क्रिनिङ गरिनुका साथै आवश्यक परेकालाई औषधि पनि निःशुल्क वितरण गरिएको थियो। विश्व हिन्दू परिषद् नेपाल कञ्चनपुरका सचिव सोनारले मोतियाबिन्दुको समस्या भएकालाई थप उपचार गरिने बताउनुभयो । शिविरमा मोतियाबिन्दुको समस्या भएका थुप्रै बिरामी आएको र त्यसमध्ये २४ पुरुष र २९ महिला गरी ५३ जनाको शल्यक्रिया नै गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो। ‘हामी उहाँहरूलाई गेटा आँखा अस्पताल कैलाली र टाउन अस्पताल कञ्चनपुरसँग मिलेर निःशुल्क उपचार गर्छौँ।’ 

World Link Ads

Sana Kishan

साथै उहाँले कसैको पनि दृष्टि नगुमोस् भनेर विश्व हिन्दू परिषद् नेपालले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो। त्यसैअनुरूप पुनर्वास नगरपालिका -३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा  शिविर आयोजना गरिएको उहाँले बताउनुभयो। शिविरमा न्यून शुल्क रू १ सय मा चस्मा समेत वितरण गरिएको छ।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds